कला

भारतका चर्चित अभिनेता दीलिप कुमारको निधन

  • एजेन्सी
  • २३ असार बुधबार, २०७८ | १३:०६:०० मा प्रकाशित

भारतका चर्चित अभिनेता दीलिप कुमारको निधन भएको छ ।

९८ वर्षको उमेरमा उनको बुधबार बिहान निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनको हिन्दूजा अस्पतालमा निधन भएको हो । उनी पछिल्लो समय अस्वस्थ थिए र धेरैपटक अस्पताल भर्ना गरिएको थियो ।

दीलिप कुमारलाई गएको हप्ता अस्पताल भर्ना गरिएको थियो । यसअघि स्वासप्रस्वासमा समस्याभएपछि जुन ६ मा उनलाई अस्पताल लगिएको थियो ।

‘ट्रेजढी किङ्ग’ का रुपमा सुपरिचित रहेका दीलिप कुमारले आफ्नो पाँच दशक लामो चलचित्र यात्रामा ‘मुगले आजम, देवदास, राम और श्याम’ जस्ता हिट चलचित्र दिएका छन् । उनी पछिल्लोपटक सन् १९९८ को किला चलचित्रमा देखिएका थिए ।

एजेन्सी

तपाईँको मत