स्वास्थ्य

विश्वभर काेराेना संक्रमणबाट हालसम्म ४० लाखकाे मृत्यु, संक्रमितमध्ये १६ कराेड ९७ लाख निकाे

काठमाडौं । विश्वभर पछिल्लाे समय काेभिडबाट संक्रमित र मृत्यु हुनेकाे संख्या घट्दै गएकाे छ । पछिल्लाे २४ घण्टामा विश्वभर ६ हजारकाे मात्रै मृत्यु भएकाे छ । ब्राजिल, भारत र अमेरिकामा पनि दैनिक मृत्युदर हजारभन्दा तल झरेकाे छ । अधिकांश मुलुकमा सयभन्दा तल झरेकाे छ । थप ३ लाख ७३ हजारजना काेराेनामुक्त भएका छन् भने ३ लाख ३६ जना संक्रमित थपिएका छन् ।

हालसम्म विश्वभर ४० लाख ५२० जनाकाे मृत्यु भएकाे छ भने निको हुनेको संख्या १६ करोड ९२ लाख ९२ हजार जना भन्दा बढि छन् । विश्वभर हाल १ कराेड १६ लाख ३० हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १८ करोड ४९ लाख २३ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ७७ हजार ७४० जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ कराेड ४५ लाख ९८ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ६ लाख २१ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ३ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ९१ लाख ११ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ४८ लाख ६५ हजारमा भाइरस सक्रिय छ । 

दाेस्राे नम्बरमा रहेकाे भारमा मृत्यु हुनेकाे संख्या ४ लाख ३ हजार ३१० जना पुगेकाे छ । पछिल्लाे २४ घण्टामा ३४ हजार ६७ जना नयाँ संक्रमित थपिएका छन् भने ५५२ जनाकाे मृत्यु भएकाे छ । भारतमा संक्रमित संख्या हालसम्म ३ कराेड ६ लाख १८ हजार जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । त्यसैगरि हालसम्म २ कराेड ९७ लाख ४४ हजार जना निको भएका छन् । सक्रिय केस ४ लाख ७० हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा पछिल्लाे २४ घण्टामा २२ हजार संक्रमित भएका छन् । ७५४ जनाकाे मृत्युसँगै कुल मृत्यु हुनेकाे संख्या ५ लाख २५ हजारभन्दा बढी छन् । हाल ११ लाख १५ हजार जनामा काेराेना भाइरस सक्रिय छ । १ कराेड ८७ लाख ९२ हजार जना संक्रमितमध्ये १ कराेड ७१ लाख ५१ हजार निकाे भइसकेका छन् । विश्वभर सबैभन्दा धेरै संक्रमित हुने देशमा ब्राजिल तेस्राे नम्बरमा छ ।

नेपालमा भाइरस संक्रमित ६ लाख ४६ हजार ३६७ जना पुगेका छन् भने ६ लाख ११ हजार ४२९ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ९ हजार २४८ पुगेको छ भने २५ हजार ६९० जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत