खेल

युरोकप २०२० को सेमिफाइनल समीकरण पूरा

  • एजेन्सी
  • २० असार आइतबार, २०७८ | ०७:०६:०० मा प्रकाशित
डेनमार्कका गोलरक्षक कास्पर स्माइकल र जानिक भेस्टरगार्ड जितपछि अँगालोमा बाँधिँदै। तस्बिर : एपी

बाकु । युरोकप २०२० को सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार राति भएका अन्तिम दुई क्वाटरफाइनल खेलपछि सेमिफाइनलमा खेल्ने चारवटै टोलीको टुङ्गो लागेको हो ।

शनिबार रातिको खेलमा डेनमार्कले चेक रिपब्लिकलाई २-१ ले र इंग्ल्याण्डले युक्रेनलाई ४-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन् ।

यी दुई टोली नै दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै त्यसअछि पहिलो सेमिफाइनलमा इटली र स्पेन भिड्नेछन् । इंग्ल्याण्डबाहेक बाँकी तीन टिम युरोकपको पूर्व विजेता हुन् ।

इटली र स्पेनबीचको खेल जुलाई ६ तथा इग्ल्याण्ड र डेनमार्कबीचको खेल जुलाई ७ मा हुनेछ ।

दुवै खेल राति १२ : ४५ बजे बेलायतको लण्डनस्थित वेम्वली स्टेडियममा हुनेछन् ।

दुई सेमिफाइनल विजेताले उपाधिका लागि जुलाई ११ मा फाइनल खेल्नेछन् ।

एजेन्सी

तपाईँको मत