पछिल्लाे २४ घण्टामा ब्राजिलमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या सबैभन्दा बढी
- गाउँ सहर संवाददाता
- २० असार आइतबार, २०७८ | ०६:५०:०० मा प्रकाशित
काठमाडाैँ । काेराेनाभाइरसका कारण पछिल्लाे समय सबैभन्दा बढी मृत्यु हुने देश ब्राजिल भएकाे छ । पछिल्लाे २४ घण्टामा त्यहाँ १ हजार ६३१ ले ज्यान गुमाएका छन् । यस्तै दाेस्राे बढी मृत्यु हुने देश भारत छ जहाँ ९४७ काे ज्यान गएकाे छ ।
विश्वमा काेराेनाका सक्रिय संक्रमित अब १ कराेड १६ लाख २९ हजार ४४६ छन् । अहिलेसम्म भाइरसका कारण ३९ लाख ८६ हजार ८५८ जनाकाे मृत्यु भइसकेकाे छ । थप ७७ हजार ८०० जनाकाे अवस्था गम्भीर रहेकाे वर्ल्डाेमिटर्स डट इन्फाेकाेराेनाभाइरसले जनाएकाे छ ।
उसका अनुसार काेराेनाभाइरसकाे संक्रमण १८ कराेड बढीमा र निकाे हुने १६ कराेड माथि छन् ।
यता नेपालमा कोरोनाभाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ । यो सहित कुल मृतकको संख्या ९ हजार १९८ पुगेको छ । यो मृत्यु नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेका समेत हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुबै विधिबाट १० हजार १३३ को परीक्षण गरिएकोमा २ हजार ३२८ नयाँ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या ६ लाख ४३ हजार ५८० पुगेको छ । नयाँ संक्रमितमा ६०.६४ प्रतिशत पुरूष र ३९.३६ महिला छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ६६ जना निको भएका छन् । योसहित कुल निको हुनेको संख्या ६ लाख ६ हजार ६६६ पुगेको छ । निको हुनेको प्रतिशत ९४.३ छ ।
मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुमा ६२७ को आइसियूमा र १८१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । उसका अनुसार देशमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३१ हजार ३६८ छ । अहिले होम आइसोलेशनमा रहनेको संख्या २७ हजार ७१६ र संस्थागत आइसोलेशनमा रहनेको संख्या २ हजार ९९४ छ । क्वारेन्टाइनमा रहेनेको संख्या २९५ छ ।
पछिल्लो २४ घण्टाको तथ्याँकले पनि २० वर्षदेखि ६० वर्ष समूहमा सबैभन्दा बढी संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार दोस्रो खोपको मात्रा लगाउनेको संख्या ७ लाख ५७ हजार ९६२ रहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
प्रतिकृया दिनुहोस