दृष्‍टिकोण

सुई ल्याएर लगाउनु छैन, अत्याएको अत्याई...

काठमाडाैँ । काेराेनाभाइरसकाे नयाँ नयाँ स्वरूपले विश्व चिन्तित छ । काेराेना जित्नकाे लागि अनेकन उपाय लगाइरहेका छन् । मुख्य कुरा खाेपकाे हाे । त्यसमै उनीहरू लागिपरेका छन् । नेपालपनि हैसियतनुसार लागिपरेकै भन्नुपर्छ ।

देशमा खाेपकाे तथ्यांक हेर्दा ७.५६ लाखमा मात्र दाेस्राे मात्रा पुगेकाे अवस्था छ । यसकाे अर्थ देशकाे जनसंख्याकाे ३ प्रतिशतमा पनि खाेप उपलब्ध छैन । याे एकदमै दयनिय अवस्था हाे । र विश्वमा एकैपटक खाेपकाे मात्रा चाहिएकाे कारण खाेप उत्पादकले पनि साेनुसार उपलब्ध गराउन सकेका छैनन् । किनकी उनीहरूकैमा हाहाकार छ, अभाव छ ।

यहि अवस्थामा लकडाउन क्रमशः खुल्नु र नयाँ नयाँ भेरिअन्ट देखिनुले थप असहजता हाम्रासामू रहेकाे अनुमान गर्न सकिन्छ । उसैपनि पूर्वाधारयुक्त सेवाबाट टाढा रहेका हामी कहिले खुल्छ अनि बन्द हुन्छ र हाहाकारकाे सामना गर्नुपर्ने भनेर पुर्पूराेमा हात राख्नुपरेकाे छ ।

जताततै अत्याइएकाे छ र हाे पनि । सावधानी अपनाउँदा अपनाउँदै गाेजी रित्तिएकाे छ, घरकाे छाक सकिएकाे छ । ऋणकाे पासाे झनै बढेकाे छ अनि अभावले गाजेकाे विषम अवस्था छ । याे अवस्थामा नेपाली जनता अब थाकिसकेकाे अवस्था छ । सबैकुराले थकाउँदै लगेकाे अवस्था छ ।

देशमा काेराेनाका कारणा ९ हजार बढीकाे घरमा दुःखले बास गरेकाे छ भने त्यसकाे भार ६ लाख बढी संक्रमित र ३ कराेडले बाेकिरहेका छन् । सबैक्षेत्रमा सुस्तता छाएकाे छ । याे राेगले थप कतिवर्ष लडाउने हाे अनुमानभन्दा बहिर नै छ । जनजीविका यहाँभन्दा कष्टकर अवस्था हुँदैन भन्ने अवस्थामा हामी पुगिसकेका छाैँ ।

यस्ताे परिस्थितमा सुरू भएकाे मनशुन र विनासले थप जटिलता थपिदिएकाे छ । यसकारण यदि खाेप लगाएरै काेराेना नबढ्ने हाे भने र यसले संक्रमण फैल्याउन नसक्ने हाे भने यसकाे मात्रा जसरीपनि बढाउनुकाे विकल्प हामीसँग छैन । नअत्याउँ बरू हजार हजार उठाउँ तर खाेप सबैमा पुर्याउँ । घरमै गएर खाेप लगाउँ यदि एकठाउँमा भिड हुन्छ भने । छिमेकी राष्ट्र जसरीपनि रिझाउने काम सरकार र व्यापारीकाे हाे, यसमा ढिला नगराैँ ।

गाउँ सहर डेस्क

तपाईँको मत