स्वास्थ्य

विश्वभर काेराेना : १६ कराेड ७५ लाख संक्रमणमुक्त, ३९ लाख ६२ हजारकाे मृत्यु, एक कराेड १४ लाखमा भाइरस सक्रिय

काठमाडौं । विश्वभर पछिल्लाे समय काेभिडबाट मृत्यु हुनेकाे संख्या घट्दै गएकाे छ । पछिल्लाे २४ घण्टामा ब्राजिलमा मात्र हजारभन्दा माथि मृत्यु भएकाे छ । ब्राजिलमा २ हजार १२७ जनाकाे मृत्यु भएकाे छ । भारतमा पनि दैनिक मृत्युदर हजारभन्दा तल छ । अधिकांश मुलुकमा सयभन्दा तल झरेकाे छ । 

पछिल्लाे २४ घण्टामा विश्वभर ८ हजार ४८२ जनाकाे मृत्यु भएकाे छ । यस अवधिमा ३ लाख ६७ हजारजना काेराेनामुक्त भएका छन् भने ३ लाख ८९ जना संक्रमित थपिएका छन् ।

हालसम्म विश्वभर निको हुनेको संख्या १६ करोड ७५ लाख ५४ हजार जना भन्दा बढि छन् । विश्वभर हाल १ कराेड १४ लाख ५८ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १८ करोड २९ लाख ७५ हजार नाघेको छ भने मृतकको संख्या ३९ लाख ६२ हजार ७८१ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ७९ हजार २२३ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ कराेड ४५ लाख ४० हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ६ लाख २० हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ३ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ९० लाख २६ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ४८ लाख ९३ हजारमा भाइरस सक्रिय छ । 

दाेस्राे नम्बरमा रहेकाे भारमा मृत्यु हुनेकाे संख्या ३ लाख ९९ हजार ४७५ जना पुगेकाे छ । पछिल्लाे २४ घण्टामा ४८ हजार ७८७ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा संक्रमित संख्या हालसम्म ३ कराेड ४ लाख १० हजार जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । त्यसैगरि हालसम्म २ कराेड ९४ लाख ८१ हजार जना निको भएका छन् । सक्रिय केस ५ लाख २९ हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा पछिल्लाे २४ घण्टामा ४५ हजार संक्रमित भएका छन् भने मृतक पनि धेरै भएकाे छ । २ हजार १२७ जनाकाे मृत्युसँगै कुल मृत्यु हुनेकाे संख्या ५ लाख १८ हजारभन्दा बढी छन् । हाल ११ लाख ८२ हजार जनामा काेराेना भाइरस सक्रिय छ । १ कराेड ८५ लाख ५९ हजार जना संक्रमितमध्ये १ कराेड ६८ लाख ५८ हजार निकाे भइसकेका छन् । विश्वभर सबैभन्दा धेरै संक्रमित हुने देशमा ब्राजिल तेस्राे नम्बरमा छ ।

नेपालमा भाइरस संक्रमित ६ लाख ३८ हजार ८०५ जना पुगेका छन् भने ५ लाख ९६ हजार १३२ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ९ हजार ११२ पुगेको छ भने ३३ हजार ५६१ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत