केहिदिनकाे तुलनामा काेराेना संक्रमण बढ्याे, थप ४१ जनाकाे मृत्यु, ६२७ सघन र १७५ जनाकाे भेन्टिलेटरमा उपचार हुँदै
- गाउँ सहर संवाददाता
- १६ असार बुधबार, २०७८ | १६:४४:०० मा प्रकाशित
काठमाडौँ । नेपालमा कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । दैनिक मृतकको संख्या घटेको छ । तर केहि दिनको तुलनामा संक्रमितको संख्या बढेको छ ।
कोरोनाभाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ । यो सहित कुल मृतकको संख्या ९ हजार ११२ पुगेको छ ।
यो मृत्यु नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेका र विभिन्न अस्पतालमा छुटेका समेत हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुबै विधिबाट ११ हजार ५६८ को परीक्षण गरिएकोमा २ हजार ८९२ नयाँ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या ६ लाख ७३ हजार ७४९ पुगेको छ । नयाँ संक्रमितमा ६०.७ प्रतिशत पुरूष र ३९.३ महिला छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५९७ जना निको भएका छन् । योसहित कुल निको हुनेको संख्या ५ लाख ९७ हजार १३२ पुगेको छ ।
मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुमा ६२७ को आइसियूमा र १७५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । उसका अनुसार देशमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३३ हजार ५६१ छ । अहिले होम आइसोलेशनमा रहनेको संख्या ३० हजार ५४४ र संस्थागत आइसोलेशनमा रहनेको संख्या ३ हजार १७ छ । क्वारेन्टाइनमा रहेनेको संख्या ३४८ छ ।
पछिल्लो २४ घण्टाको तथ्याँकले पनि २० वर्षदेखि ६० वर्ष समूहमा सबैभन्दा बढी संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार दोस्रो खोपको मात्रा लगाउनेको संख्या ७ लाख ५४ हजार ५४२ रहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस