खेल

युराेकप : युरोकप स्पेन र स्विट्जरल्यान्ड क्वाटरफाइनलमा, आज दुई खेल

काठमाडाैं ।  युरोपको विभिन्न शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलमा आज (मंगलबार)राति दुई खेलहरु हुँदैछन् ।

युरोकपमा  मंगलबार राति राउण्ड अफ १६ को अन्तिम दुई खेलहरु हुने तालिका रहेको छ  ।

पहिलो खेलमा इंग्ल्यान्ड र जर्मनीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा स्विडेनले युक्रेनको सामना गर्नेछ  ।

लण्डनस्थित वेम्बली स्टेडियममा हुने इंग्ल्यान्ड र जर्मनीबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहनेछन् ।

स्कटल्याण्डको ह्याम्पडेन पार्कमा हुने स्विडेन र युक्रेनबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।  

त्यसैगरि, हिजाेकाे खेलमा कोपनहेगनमा सोमबार राति भएको प्रि-क्वाटरफाइनलमा क्रोएसियालाई अतिरिक्त समयमा ५-३ गोल अन्तरले पराजित गर्दै स्पेनले अन्तिम आठमा स्थान बनाएको छ ।

साविक उपविजेता फ्रान्सलाई हराउँदै स्विट्जरल्यान्ड १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

रोमानियामा सोमबार राति भएको प्रि-क्वाटरफाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित गर्दै स्विट्जरल्यान्ड अन्तिम आठमा पुगेको हो ।

रोमान्चक खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समय ३-३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा स्विट्जरल्यान्डले बाजी मार्यो ।

गाउँ सहर संवाददाता

तपाईँको मत