स्वास्थ्य

२० हजार वर्ष अघि पनि कोरोनाले विनाश गरेको थियो, कसरी भाइरस तटस्थ थियो ?

तस्बिरः इभान दियाज, अनस्प्लास डटकम ।

काठमाडाैँ । २० हजार वर्ष अघि पनि कोरोना भाइरसले विनाश गरेको थियो । पूर्वी एसियामा खतरनाक भाइरसको प्रकोप देखिएकाे थियाे । यहाँका पुर्खाहरूको डिएनए विश्लेषण गरिएको थियो । अनुसन्धानबाट यसको प्रमाण डिएनए प्रोटीनमा भेटिएको छ । वैज्ञानिकहरूले डिएनएमा देखाईएको परिवर्तन भाइरस याे कोभिड १९ मा पनि देखिरहेका छन् । यो दावी अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरु र क्वीन्सल्याण्ड विश्वविद्यालय द्वारा अनुसन्धानमा गरिएको छ ।

अनुसन्धानको क्रममा, मानिससँग सम्बन्धित १००० जेनोम प्रोजेक्टबाट डाटा प्रयोग गरिएको थियो । कोरोना (SARS-Cov-2) संक्रमणसँग सम्बन्धित मानव जीनहरूको प्रोटीन कोड परिवर्तन भएको छ भनेर पत्ता लगाउन कोसिस गरिएको थियो ।

अनुसन्धानको दोस्रो भागमा पूर्वी एसियाका मानिसहरुको डिएनए टेस्ट रिपोर्ट प्रस्तुत गरियो । वैज्ञानिकहरूले पत्ता लगाए कि २० हजार वर्ष अघि महामारी फैलाउने भाइरस नयाँ कोरोनाभाइरससँग मिल्दोजुल्दो छ ।

अन्वेषक किरिल अलेक्जान्ड्रोभ बताउँछन्- रूखमा रहेको औंठीलाई हेर्दा धेरै कुरा भन्न सकिन्छ, त्यसरी नै मानव जीनोमबाट हजार वर्ष पुरानो रहस्य पत्ता लगाउन सकिन्छ । डिएनएमा परिवर्तनका चिन्हहरूले यसको पुष्टि गर्दछ ।

अनुसन्धानकर्ता किरिल भन्छन्, जब २० हजार वर्ष अघि यस्तो किसिमको रोग फैलियो, त्यहाँ न त औषधी थियो न त खोप नै । समयको साथ, मानव शरीरले यस भाइरसलाई स्वीकार्यो र विस्तारै यो तटस्थ भयो ।

कोभिड - १९ को कारण पछिल्लो एक महिनामा ३८ लाख भन्दा बढीकाे मृत्यु भएको छ । यो पहिलो भाइरस होइन जुन जनावरबाट मानिसमा सर्याे र विनाशको कारण भयो । सार्स (गम्भीर तीव्र श्वासप्रश्वास लक्षण) २००२ मा चीनबाट सुरू भएकाे थियो । यसको संक्रमणले ८०० भन्दा बढीको मृत्यु गरायो । मर्स-कोभ पहिलो पटक २०१२ मा पत्ता लागेको थियो र ८५० जनाले भाइरसबाट मृत्युवरण गरेका थिए ।

गाउँ सहर डेस्क

तपाईँको मत