स्वास्थ्य

काेभिडबाट विश्वभर दैनिक मृत्यु हुने मुलुक दुईवटा मात्रै, धेरैमा सयभन्दा तल, निकाे हुने बढे

काठमाडौं । विश्वभर पछिल्लाे समय काेभिडबाट मृत्यु हुनेकाे संख्या घट्दै गएकाे छ । पछिल्लाे २४ घण्टामा भारत र ब्राजिलमा मात्र हजारभन्दा माथि मृत्यु भएकाे छ । ब्राजिलमा १५४७ र भारतमा १२५६ जनाकाे मृत्यु भएकाे छ भने अधिकांश मुलुकमा सयभन्दा तल झरेकाे छ । 

पछिल्लाे २४ घण्टामा विश्वभर ७३८९ जनाकाे मृत्यु भएकाे छ । यस अवधिमा ३ लाख १३ हजारजना काेराेनामुक्त भएका छन् भने ३ लाख ६५ जना संक्रमित थपिएका छन् ।

हालसम्म विश्वभर निको हुनेको संख्या १६ करोड ६० लाख ७३ हजार जना भन्दा बढि छन् । विश्वभर हाल १ कराेड १५ लाख ४० हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १८ करोड १५ लाख ४६ हजार नाघेको छ भने मृतकको संख्या ३९ लाख ३२ हजार ७४१ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ८० हजार ७०७ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ कराेड ४४ लाख ९० हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ६ लाख १९ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ३ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ८९ लाख १२ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ४९ लाख ५७ हजारमा भाइरस सक्रिय छ । 

ब्राजिलमा पछिल्लाे २४ घण्टामा विश्वभरमा सबैभन्दा धेरै ६४ हजार संक्रमित भएका छन् भने मृतक पनि धेरै भएकाे छ । १ हजार ५४७ जनाकाे मृत्युसँगै कुल मृत्यु हुनेकाे संख्या ५ लाख १२ हजारभन्दा बढी छन् । हाल १२ लाख ९२ हजार जनामा काेराेना भाइरस सक्रिय छ । १ कराेड ८३ लाख ८६ हजार जना संक्रमितमध्ये १ कराेड ६५ लाख ८२ हजार निकाे भइसकेका छन् । विश्वभर सबैभन्दा धेरै संक्रमित हुने देशमा ब्राजिल तेस्राे नम्बरमा छ ।

दाेस्राे नम्बरमा रहेकाे भारमा मृत्यु हुनेकाे संख्या ३ लाख ९५ हजार ७८० जना पुगेकाे छ । पछिल्लाे २४ घण्टामा ४९ हजार ८५१ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा संक्रमित संख्या हालसम्म ३ कराेड २ लाख ३२ हजार जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । त्यसैगरि हालसम्म २ कराेड ९२ लाख ४३ हजार जना निको भएका छन् । सक्रिय केस ५ लाख ९३ हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

नेपालमा भाइरस संक्रमित ६ लाख ३२ हजार ३३६ जना पुगेका छन् भने ५ लाख ८१ हजार ३२७ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ८ हजार ९७५ पुगेको छ भने ४२ हजार २४ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत