विश्व

जर्ज फ्लोइडको हत्या अभियोगमा दोषी ठहर भएका पूर्व प्रहरी अधिकारी चोभनलाई २२ वर्ष ६ महिनाको जेल सजाय

  • एजेन्सी
  • १२ असार शनिबार, २०७८ | ०८:१४:०० मा प्रकाशित
तस्बिरः राेयटर्स ।

जर्ज फ्लोइडको हत्या अभियोगमा दोषी ठहर भएका पूर्व प्रहरी अधिकारी डेरेक चोभनलाई २२ वर्ष ६ महिनाको जेल सजाय भएको छ ।

न्यायाधीशले शुक्रबार चोभनको सजाय सुनाएका हुन् । पदमा रहँदा तोडेको विश्वास र अधिकार तथा फ्लोइडप्रति प्रदर्शित निर्ममताका आधार चोभनलाई सजाय तोकिएको बताएका छन् ।

गएको वर्ष अमेरिकाको मिनेशोटा राज्यको मिनियापोलसमा प्रहरीले पक्राउ गर्ने क्रममा गरेको ज्यादतीका कारण अश्वेत अमेरिकी ४६ वर्षे फ्लोइडको निधन भएको थियो ।

पक्राउको क्रममा ४५ वर्षे श्वेत प्रहरी अधिकारी (तत्कालीन) चोभनले फ्लोइटको घाँटीमा ९ मिनेट भन्दा बढि थिचेको र फ्लोइटले ‘आइ कान्ट ब्रिथ’ भनेको भिडियो सार्वजनिक भएको थियो ।

त्यसपछि अमेरिकासहित विश्वभर रंगभेद र प्रहरी ज्यादती विरुद्ध प्रदर्शन भएको थियो ।

एजेन्सी

तपाईँको मत