स्वास्थ्य

विश्वभर साढे १६ करोड जना कोरोनामुक्त, १ कराेड १४ लाखमा भाइरस सक्रिय, ८१ हजार जना गम्भिर

काठमाडौं । विश्वभर पछिल्लाे २४ घण्टामा ३ लाख २५ हजारजना काेराेनामुक्त भएका छन् भने आठ हजार (७९९८) काे मृत्यु भएकाे छ । पछिल्लाे २४ घण्टामा ४ लाख (३९९००९) जना संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १६ करोड ६४ लाख १२ हजार जना भन्दा बढि छन् । विश्वभर हाल १ कराेड १४ लाख ३६ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १८ करोड ७ लाख ६५ हजार नाघेको छ भने मृतकको संख्या ३९ लाख १५ हजार ९६२ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ८१ हजार ९७ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा पछिल्लाे २४ घण्टामा विश्वभरमा सबैभन्दा धेरै ७२ हजार संक्रमित भएका छन् भने मृतक पनि धेरै भएकाे छ । २ हजार ४२ जनाकाे मृत्युसँगै कुल मृत्यु हुनेकाे संख्या ५ लाख ९ हजारभन्दा बढी छन् । हाल १२ लाख २२ हजार जनामा काेराेना भाइरस सक्रिय छ । १ कराेड ८२ लाख ४३ हजार जना संक्रमितमध्ये १ कराेड ६५ लाख ११ हजार निकाे भइसकेका छन् । विश्वभर सबैभन्दा धेरै संक्रमित हुने देशमा ब्राजिल तेस्राे नम्बरमा छ ।

दाेस्राे नम्बरमा रहेकाे भारमा मृत्यु हुनेकाे संख्या ३ लाख ९३ हजार ३३८ जना पुगेकाे छ । पछिल्लाे २४ घण्टामा ५१ हजार २४८ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा संक्रमित संख्या हालसम्म ३ कराेड १ लाख ३३ हजार जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । त्यसैगरि हालसम्म २ कराेड ९१ लाख २० हजार जना निको भएका छन् । सक्रिय केस ६ लाख १९ हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ कराेड ४४ लाख ६४ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ६ लाख १८ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ३ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ८८ लाख ७१ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ४९ लाख ७४ हजारमा भाइरस सक्रिय छ । 

नेपालमा भाइरस संक्रमित ६ लाख २९ हजार ४३१ जना पुगेका छन् भने ५ लाख ७० हजार ९५८ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ८ हजार ९१८ पुगेको छ भने ४९ हजार ५५५ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत