अर्थतन्त्र

राेकिएन शेयरबजारकाे ओरालो यात्रा, काराेबार रकम ७ अर्बमा झर्‍यो

काठमाडाैं । साताको अन्तिम कारोबारको दिन (आज) बिहीबार नेप्से परिसूचक दोहोरो अंकको गिरावट आएको छ । नेपाल धितोपत्र बोर्डको विज्ञप्तिका कारण लगातार ओरालो यात्रा मंगलबारबाहेक निरन्तर छ । 

यस दिन नेप्से परिसूचक १६.९६ अंकले घटेर २८४३ विन्दुमा सीमित भएको छ । यो दिन कारोबार संख्या र रकममा पनि भारी गिरावट देखिएको छ । १ करोड ३२ लाख १० हजार ३६९ कित्ता सेयर ७ अर्ब ३ करोड ३६ लाख ३ हजार ७३९.५ रुपैयाँमा कारोबार भएको छ ।

यो दिनको कारोबारमा ३३ वटा मात्रै कम्पनीको सेयर मूल्य बढेको छ भने १६६ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै १५ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

आज सबैभन्दा धेरै शेयरमूल्य बढ्ने कम्पनीमा अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी रहेको छ । जसको शेयरमूल्य करिब ९.८८ प्रतिशतले बढेकाे छ ।  समृद्धि फाइनान्स, रुरु जलविद्युत् परियोजना, कृषि विकास बैंक, नेपाल हाइड्रोपावर डेभलपमेन्ट डेभलपर्स कम्पनीको मूल्य २ प्रतिशत माथिले बढेको छ ।

आज ङादी र नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य करिब ६ प्रतिशतले घटेको छ । 

कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल रि–इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज ३७ करोड भन्दा बढीको शेयर कारोबार भएको छ । 

 

गाउँ सहर संवाददाता

तपाईँको मत