खेल

युराेकप : बराबरी गाेलसहित फ्रान्स र पोर्चुगल नकआउट चरणमा, अब अन्तिम १६ मा कुन-कुन टीम भिड्दैछन् ?

काठमाडाैं । १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा बुधबार राति भएको अन्तिम खेलमा पोर्चुगलसँग २-२ गोलको बराबरी खेल्दै फ्रान्स समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेकाे छ । 

हंगेरीको पुस्कास एरिनामा फ्रान्सका लागि करिम बेन्जिमाले दुई गोल गरे । पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे ।

यससँगै रोनाल्डोले पोर्चुगलका लागि  १ सय ९ औं अन्तराष्ट्रिय गोल पूरा गरे । उनले सर्वाधिक धेरै अन्तराष्ट्रिय गोल गर्ने इरानका अलि दाइको कीर्तिमानसँग बराबरी समेत गरेका छन् ।

यस बराबरीसँगै समूह 'एफ' मा रहेको फ्रान्सले ३ खेलमा ५ अंक जोड्यो । र, शीर्ष स्थानमा रहदै अन्तिम १६ मा स्थान पक्का गरेको हो । फ्रान्ससँगको बराबरीसँगै पोर्चुगलले ३ खेलमा ४ अंक जोड्यो । पोर्चुगल समूहको तेस्रो स्थानमा रह्यो ।

अन्तिम १६ मा पुगेका टोली

युरोपको विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलको समूह चरणको खेलहरु सकिएको छ । बुधबार राति भएको अन्तिम चार खेलसँगै युरोकपको समूह चरणको खेल सकिएको हो ।

नकआउट चरणमा १६ टिमले स्थान बनाएका छन् । ६ समूहको शीर्ष दुई र समूहको तेस्रो स्थानमा प्राप्त गर्ने मध्येको उत्कृष्ट चार टिमले अन्तिम १६ को यात्रा तय गरेका हुन् ।

यस पटक साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, इटाली, जर्मनी, वेल्स, डेनमार्क,अष्ट्रिया, नेदरल्यान्ड्स, चेक रिपब्लिक, बेल्जियम, क्रोएसिया, स्पेन, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, युक्रेन र स्विडेनले नकआउट चरणमा स्थान बनाएका छन्  ।

नकआउट चरणको खेलहरु शनिबारबाट सुरु हुनेछ ।

अन्तिम १६ का प्रतिद्वन्दी

वेल्स विरुद्ध डेनमार्क

इटाली विरुद्ध अष्ट्रिया

नेदरल्यान्ड्स विरुद्ध चेक रिपब्लिक

बेल्जियम विरुद्ध पोर्चुगल

क्रोएसिया विरुद्ध स्पेन 

फ्रान्स विरुद्ध स्विट्जरल्यान्ड

इंग्ल्यान्ड विरुद्ध जर्मनी

स्विडेन विरुद्ध युक्रेन

गाउँ सहर डेस्क

तपाईँको मत