खेल

युराेकप : इंग्ल्यान्ड र क्रोएसिया नकआउट चरणमा प्रवेश, आज अन्तिम ४ खेल हुँदै

काठमाडाैं । इंग्ल्यान्ड समूह विजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति समूह चरणको अन्तिम खेलमा चेक रिपब्लिकलाई १-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड समूह विजेता बानीको हो ।

यस जितसँगै समूह 'डी' को इंग्ल्यान्डले अपराजित रहदै अन्तिम १६ मा स्थान बनाएको छ । शीर्ष स्थानमा रहेको इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोड्यो ।

 

क्रोएसिया उपविजेता बन्दै नकआउट चरणमा

 

क्रोएसिया समूह उपविजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा मंगलबार राति स्कटल्याण्डमाथि ३-१ गोलको जित निकाल्दै क्रोएसिया समूह उपविजेता बनेको हो ।

क्रोएसियालाई जित दिलाउन निकोला भ्लासिच, लुका मोड्रिच र इभान पेरिसिचले एक एक गोल गरे । स्कटल्याण्डका कलुम म्याकग्रिगोरले एक गोल फर्काए ।

यस जितसँगै समूह 'डी' को क्रोएसियाले ३ खेलमा ४ अंक जोड्यो । र, समूह उपविजेता बन्यो । स्कटल्याण्ड भने प्रतियोगिताबाट बाहिरिएको छ । स्कटल्याण्ड १ अंक जोडेर समूहको पुछारमा रह्यो ।

आज अन्तिम ४ खेल हुँदै

 

युरोकप फुटबलमा आज (मंगलबार) चार खेलहरु हुँदैछन् ।

युरोकपमा आज समूह चरणका अन्तिम चार खेलहरु हुने छन् । जसमा समूह 'ई' र समूह 'एफ' को २/२ खेलहरु हुनेछन् ।  जारी युरोकपमा १२ टिमले नकआउट चरणमा स्थान बनाईसकेको छ ।

समूह 'ई' मा रहेको स्पेनले आज राति स्लोभाकियासँग प्रतिस्पर्धा गर्नेछ । सेभियामा हुने स्पेन र स्लोभाकियाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

यसै समूहको अर्को खेलमा स्विडेन र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

समूह 'एफ' अन्तर्गत पोर्चुगलले फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । साविक विजेता पोर्चुगल र फ्रान्सबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

यसै समूहको अर्को खेलमा जर्मनीले हंगेरीसँग खेल्नेछ । जर्मनी र हंगेरीबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

गाउँ सहर डेस्क

तपाईँको मत