स्वास्थ्य

काेराेनाकाे उद्गगम स्थल चीन संक्रमितकाे सय नम्बरमा रहँदा यी हुन् काेराेना कहरबाट उच्च पीडित देशहरू

काठमाडौं । कोरोना भाइरस अर्थात् कोभिड-१९ को सङ्क्रमणले विश्वमा महामारीको रुप लिइरहेको छ । अहिले विश्वका २ सयभन्दा बढी मुलुकहरुमा याे भाइरस फैलिसकेको छ ।

कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा ३८ लाख ८८ हजार जनाको मृत्यु भइसकेकाे छ । तीमध्ये एक लाखभन्दा बढि मृत्यु  हुने १० देश छन् । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा ६ लाख, ब्राजिल ५ लाख, भारत ३ लाख ८९ हजार, मेक्सिकाे २ लाख ३१ हजार, पेरूमा १ लाख नब्बे हजार जनाकाे मृत्यु भएकाे छ । 

त्यसैगरि रूसमा १ लाख २९ हजार, युकेमा १ लाख २७ हजार, इटालीमा पनि १ लाख २७ हजार, फ्रान्समा १ लाख १० हजार र काेलम्बियामा १ लाख बढि संक्रमितकाे मृत्यु भएकाे छ ।

तर काेराेनाकाे उद्गगम स्थल चीन भए पनि अहिले चीनमा काेराेनाकाे संक्रमण निकै कम छ । वर्ल्डो मिटर्स इन्फाेका अनुसार अहिले चीनमा ५१९ जनामा मात्रै काेराेना सक्रिय रहेकाे छ ।  हालसम्म ४ हजार ६३६ जनाकाे मृत्यु भएकाे छ । अहिले चीन संक्रमित सूचीकाे सय नम्बरमा छ ।  चीनमा हालसम्म कुल ९१ हजार ६०४ जनामा संक्रमण भए पनि ८६ हजार ४४९ भने पूर्ण रूपमा निकाे भइसकेका छन् ।

पछिल्लाे २४ घण्टामा चीनमा १७ जना संक्रमित थपिएका छन् भने ८ जना निकाे भएका छन् । कसैकाे मृत्यु भएकाे छैन । १७ जनाकाे अवस्था चिन्ताजनक छ । 

विश्वभर पछिल्लाे २४ घण्टामा ३ लाख ९५ हजारजना काेराेनामुक्त भएका छन् भने ६ हजारकाे मृत्यु भएकाे छ । पछिल्लाे २४ घण्टामा २ लाख ९७ हजारजना संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १६ करोड ४२ लाख जना भन्दा बढि छन् । १ कराेड १४ लाख १४ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

वर्ल्डोमिटर्सका अनुसार संक्रमितको संख्या भने १७ करोड ९५ लाख ४७ हजार नाघेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ८२ हजार ६४१ जनाको अवस्था गम्भीर छ ।

नेपालमा भाइरस संक्रमित ६ लाख २२ हजार ६४० जना पुगेका छन् भने ५ लाख ५९ हजार ९२८ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ८ हजार ७७२ पुगेको छ भने ५३ हजार ९४० जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत