गाउँ सहर

खोप ल्याउन कुटनितिज्ञ पहल थाल्न अध्यक्ष ढकालद्वारा परराष्ट्र मन्त्रीको ध्यानाकर्षण

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले उप–प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रि रघुबीर महासेठसँग भेटगरी कोभिड –१९ बिरुद्धको खोप विभिन्न मित्रराष्ट्रहरुबाट नेपाल ल्याउन सबैभन्दा बढी प्राथमिकतामा राखी युद्ध स्तरमा काम गर्न आग्रह गरेका छन् ।

सिंहदरबार स्थित परराष्ट्र मन्त्रालयमा सोमबार भएको भेटमा अध्यक्ष ढकालले उप–प्रधानमन्त्री महासेठलाइ बधाई दिदै सफल कार्यकालको लागी शुभकामना दिएको भेटमा सहभागि परिवार दलका प्रवत्ता सन्तोष कुमार पौडेलले जानकारी दिए ।  

भेटमा परराष्ट्र मन्त्रि महासेठले आफुले परिणाममुखी काम गर्ने गरि छलफल र तयारीमा लागेको बताएको अध्यक्ष ढकाललको सचिवालयले जनाएको छ ।

अध्यक्ष ढकालले एमसीसी लगायत मित्रराष्ट्रहरुको सहयोगका परियोजनाहरुलाई नेपालको हितमा संचालन गरिनुपर्ने धारणा राखेका थिए ।

परिवार दलले निर्बाचन अघिनै सम्पूर्ण नेपालीलाई खोप उपलब्ध गराउन सरकारको ध्याकर्षण गर्दै आएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत