गाउँ सहर

युद्धस्तरमा उद्धार र राहतका लागि कांग्रेसकाे अपील

तस्बिरः दीपकिरण खड्का, हेलम्बु क्षेत्र ।

काठमाडाैँ । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा र हेलम्बु, मनाङ, मुस्ताङ, कास्की, गोरखा जिल्ला लगायतका विभिन्न स्थानमा बाढी पहिरोले जनधनको निकै क्षति गरेको घटनाप्रति नेपाली कांग्रेसले सरकारको गम्भीर ध्यानाकर्षण गराएकाे छ ।

सभापति शेरबहादुर देउवाले युद्धस्तरमा उद्धार, हराएकाहरुको खोजी, मानिसहरूलाई सुरक्षित स्थल तर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियता साथ लाग्न सरकारलाई आग्रह गरेका छन् ।

जारी विज्ञप्तिमा भनिएकाे छ, "स्थानीय पार्टी पंक्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन निर्देशन गरिसकिएको छ । पार्टीका साथीहरूलाई ब्यवस्थित ढंगले कार्य गर्न थप आग्रह गर्दै यो विपत्तिको सामना संयम र एकतापूर्वक गर्न स्थानीय सबै दिदीबहिनी–दाजुभाइमा अपील गर्दछु । बाढी पहिरोको जोखिम अबका केही दिनमा थप बढ्न सक्ने पूर्व घोषणा दृष्टिगत गरेर देशभर सबैलाई सजग भएर यसको सामना गर्न आग्रह गर्दै तीन वटै तहका सरकारहरुलाई जरुरी समन्वय र ब्यवस्थित योजना साथ आवश्यक सम्पूर्ण तयारी गर्न नेपाली कांग्रेस पार्टीका तर्फबाट अपील गर्दछु ।"

गाउँ सहर संवाददाता

तपाईँको मत