स्वास्थ्य

स्वास्थ्य सामाग्रीसहित नेविसंघ महामन्त्री तिमल्सिनाकाे टाेली सिन्धुपाल्चाेककाे स्थानीय तहमा

सिन्धुपाल्चाेक । नेपाल विद्यार्थी संघका महामन्त्री तथा नेपाली कांग्रेस सिन्धुपाल्चोकका नेता बलदेव तिमल्सिनाको नेतृत्वमा संचालित "Covid-19 महामारी विरुद्धको हाम्रो अभियान" अन्तर्गत सिन्धुपाल्चोक जिल्लाका स्वास्थ्य संस्था र विभिन्न वडास्थित स्वास्थ्य कार्यालय र वडा कार्यालयमा अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

सिन्धुपाल्चोक जिल्ला अस्पताल चैतारा र प्राथमिक स्वास्थ्य केन्द्र जलबिरेका निम्ति नेपाल मेडिकल एसोसिएसन(NMA ) बाट प्राप्त अक्सिजन कन्सन्ट्रेटर(oxygen Concentrator) तथा नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाको नेतृत्वमा विभिन्न संघ संस्था तथा सहयोगीबाट प्राप्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ भने बाह्रबिसे नगर पालिकाका ९ वटै वडा र बलेफी गाउँपालिकाका ८ वटै वडा कार्यालय तथा स्वास्थ्य चौकीका निम्ति स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।

जिल्ला अस्पताल चौताराका निम्ति २ थान अक्सिजन कन्सन्ट्रेटरसँगै पीपीइ सेट,सर्जिकल मास्क, N-95 मास्क, फेससिल्ड,ग्लोभ्स, स्यानिटाइजर लागायत स्वास्थ्य सामग्री जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा दत्त चापागाईंमार्फत हस्तान्तरण गरिएको छ भने जलबीरे प्राथमिक स्वास्थ्य केन्द्रको निम्ति १ थान अक्सिजन कन्सन्ट्रेटरसँगै पीपीइ सेट, सर्जिकल मास्क, N-95 मास्क, फेससिल्ड, ग्लोभ्स, स्यानिटाइजर, लगायत सामाग्री केन्द्रका मेडिकल अधिकृत डा.प्रशान्त ज्ञवालीमार्फत नेपाली कांग्रेस सिन्धुपाल्चोकका पूर्व सभापति भुपेन्द्रबहादुर थापा, नेपाल महिला संघ सिन्धुपाल्चोकका सभापति गीता नेपाल, नेपाल शिक्षक संघ सिन्धुपाल्चोकका अध्यक्ष तुलसी दंगाल, नेपाली कांग्रेस त्रिपूरासुन्दरी गाउँपालिका सभापति देवीराज श्रेष्ठ, पूर्व क्षेत्रीय सचिव तथा नेपाल विद्यार्थी संघका नेता कैलास थापा, नेता रामचन्द्र बोहरा, नेपाल विद्यार्थी संघ सिन्धुपाल्चोकका उपसभापति नविन श्रेष्ठ तथा संघका केन्द्रिय नेताहरु हरि आचार्य, सरोज मरासिनी, समीर लामा लगायतको उपस्थितिमा हस्तान्तरण गरिएको छ ।

त्यसैगरी बाह्रबिसे नगरपालिका र बलेफी गाउँपालिकाका सबै वडा र स्वास्थ्य कार्यालयका निम्ति प्रत्येक वडामा सर्जिकल मास्क, N-95 मास्क, पीपीइ सेट, फेससिल्ड, स्यानिटाइजर लगायतका सामाग्री वडा अध्यक्ष, स्वास्थ्य कार्यलयका प्रमुख तथा प्रतिनिधि, पार्टीका नेता तथा प्रतिनिधि, सामाजिक अगुवामार्फत बितरण गरिएको छ ।

यस अभियान अन्तर्गत अक्सिजन कन्सर्न्ट्रेटर ३ थान, सर्जिकल मास्क ३० हजार पिस, N-95 मास्क १५ सय पिस, पीपीइ सेट ५ सय पिस, स्यानिटाइजर १५० लिटर, फेस सिल्ड ३ सय पिस, ग्लोभ्स १० बक्स लगायत सामाग्री साेमबार बितरण गरिएकाे छ भने यो अभियानअन्तर्गत तिमल्सिनाकाे नेतृत्वमा केहीदिन अघि त्रिपुरासुन्दरी गाउँ पालिकाकाको ६ वटै वडामा अबस्थित स्वास्थ्य चौकी, आइसोलेसन सेन्टर र वडा कार्यालयका निम्ति सर्जिकल मास्क-१० हजार पिस, N-95 १ हजार पिस, Antigen kit covid-19 ५० पिस, PPE SET ११० पिस, अक्सिमिटर ७ पिस, स्यानिटाइजर (५००ML १० बोतल र १०० ML१०० बोतल),कपडाको मास्क ४ सय पिस, डिजिटल थर्मामिटर ५ पिस, सिटामोल ५ बक्स,जीवनजल १ सय पाकेट, ग्लोब्स १० बक्स,औषधिहरु:२ बाक्सा,खाद्यान्न सामग्री, भरिएको ५० लिटरको अक्सिजन सिलिन्डर-१ थान लगायतका सामाग्री बितरण गरिसकिएको नेवसंघका नेता समीर लामाले बताए ।

अभियानमा सहभागी नेपाल महिला संघ सिन्धुपाल्चोककी अध्यक्ष गीता नेपालले यो अभियान निरन्तर जारी रहने र अत्यावश्यक स्वास्थ्य सामग्रीसँगै अफ्ठ्यारोमा परेका समुदायबिच खाद्यान्नको समेत जोहो आबश्यक देखिएकोले अबको तैयार त्यसतर्फ केन्द्रित रहने बताइन् । जिल्लाबासीहरु समस्यामा परेको अबस्थामा आवश्यक उपलब्ध सहयोगसहितको टोली त्यसतर्फ परिचालित हुने नेपाली कांग्रेस त्रिपुरासुन्दरी गाउँपालिका सभापति देविराज श्रेष्ठले बताए ।

अभियानलाई सफल बनाउन मेहनत गर्नुहुने सम्पुर्ण अभियन्ताहरु, महत्त्वपूर्ण स्वास्थ्य सामग्री उपलब्ध गराउने नेपाल मेडिकल एसोसियसन(NMA) लगाएत विभिन्न संघ संस्था तथा सहयोगीहरु र सहभागि नेतृत्वगण लगाएत सबै प्रति तिमल्सिनाले धन्यबाद ब्यक्त गरेका छन् । कोरोना संक्रमण बाट परिवार नै सन्क्रमित भएपछि संक्रमण मुक्त पश्चात् तिमल्सिना जिल्लामा सामाजिक कार्यमा कियाशील छन ।

गाउँ सहर संवाददाता

तपाईँको मत