स्वास्थ्य

१२ हजार ४०६ को परीक्षण गर्दा २ हजार ४०७ नयाँ कोरोना संक्रमित थपिए, ४६ जनाको निधन

काठमाडौँ । नेपालमा कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । दैनिक मृतकको संख्या घटेको छ । नयाँ थपिने संक्रमितको संख्यापनि कम भएको छ भने निको हुने दर बढेको छ । यो खुसीको खबर हो ।

कोरोनाभाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा ४६ जनाको मृत्यु भएको छ । याेसहित कुल मृतककाे संख्या ८ हजार ४१२ पुगेकाे छ । यो मृत्यु नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेका समेत हुन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुबै विधिबाट १२ हजार ४०६ को परीक्षण गरिएकोमा २ हजार ४०६ नयाँ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या ६ लाख २८ हजार २४२ पुगेको छ । सम्पूर्ण गरेर ३१ लाख २२ हजार ५५४ को परीक्षण भइसकेको छ ।

पछिल्ल थपिएका संक्रमितमा काठमाडौँमा ४८३, भक्तपुरमा ५८ र ललितपुरमा ११२ गरी ६५३ नयाँ थपिएका छन् । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९९४ जना निको भएका छन् । योसहित कुल निको हुनेको संख्या ५ लाख ३१ हजार  १०५ पुगेको छ । 

मन्त्रालयका अनुसार अहिले देशभरमा ६८ हजार ९५५ सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुमा १ हजार १०० को आइसियूमा र ३४७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । उसका अनुसार अहिले होम आइसोलेशनमा रहनेको संख्या ६४ हजार ७४४ र संस्थागत आइसोलेशनमा रहनेको संख्या ५ हजार २११ छ । क्वारेन्टाइनमा रहनेको संख्या ५४८ छ ।

पछिल्लो समय कोरोना कहर बढ्दै जाँदा कोरोनाको चेन ब्रेक गर्न धेरै स्थानहरुमा कडा निषेधाज्ञा जारी गरिएको छ भने काठमाडौँ उपत्यकामा केहि खुकुलो गरिएको छ ।

पछिल्लो २४ घण्टाको तथ्याँकले पनि २१ वर्षदेखि ६० वर्ष समूहमा सबैभन्दा बढी संक्रमण देखिएको छ । 

मन्त्रालयका अनुसार ४५ जिल्लाहरुमा संक्रमणको दर ५०० माथि छ । उसका अनुसार सक्रिय संक्रमित हुने सबैभन्दा बढी बागमती प्रदेशमा ३८ प्रतिशत, लुम्बिनीमा १६, १३ प्रतिशत प्रदेश १ मा, गण्डकीमा १०, कर्णालीमा ५ र सुदूरपश्चिममा ९ प्रतिशत रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत