जीवनशैली

सदियाैँदेखि लकडाउनमै “गृहणी”, उनकाे मनलाई पनि बुझ्ने कि !

काठमाडौँ । सामाजिक सञ्जालमा आजकल ठट्टाको रूपमा साझा गरिन्छ, यो क्रम पटकपटक आइनैरहेको छ । उनीहरूले महिलालाई सँधै घुम्टोमा बस्न आग्रह गरिरहेछन्, यो विरोध हो - शाेषणविरूद्धकाे । कोरोना कहरमा सबैजना निर्देशनमा चलिरहेका छन् । तर के हामीले कहिल्यै सोचेका छौँ ? सदियौँदेखि गृहणीहरू लकडाउनमै छन् ।

उसैपनि घरायसी कामबाट पैसा आएको देखिँदैन र उनीहरूमाथि नै सेकेण्ड सेकेण्डमा आर्थिक कुराको प्रहार हुन्छ । दैनिकी सम्झनुस् त, कति दिक्दार छ । चिया, नास्ता, खाना, खाजा, पुनः खाना, दूध, अन्य अनि दिनभरको भाँडाकुँडा माझ्नु । यतिमात्र कहाँ हाे र, बाहिरी काम वा जगिरपनि खान भ्याएकै छन् । दिनभरमा गृहणीहरू एकछिन बस्न पाउँदैनन् । निरन्तर काममा जोतिइरहेका हुन्छन् ।

पछिल्लो डेढ वर्षमा, यो लकडाउनको नियममा सबैजना रहेका छन् । शारीरिक निष्क्रियताका कारण मन थकित होस् वा घरमा कैद गरिएको कारण, आपतकालमा घर छोड्ने र लक्ष्मीरेखाको पछि लागि सामाजिक दूरी बनाउन वा जीवनको लागि आवश्यक चीजहरूलाई सजिलैसँग खर्च गर्ने बाध्यता छ, रोगबाट बच्न । 

कैदमा बस्नु र होशियार भई हिँड्नु कत्ति दुःखदायी छ जुन हामी बुझिरहेका छाैँ । सदियाैँ कालदेखि, जसले महिलालाई 'घरमा बस्नुभन्दा ठूलो आनन्द अरू केही हुँदैन' भन्ने कुरा बुझाउनेहरू आफ्नै घरमा नै दिक्क भइरहेका छन् 'दिनभर घरमा के गर्नुहुन्छ ?' जस्तै, आजका दिनहरुमा धेरैजनाले घरेलु काममा गरिएको सानाे सहयोगका भिडियोहरू सोशल मिडियामा राखेर ढाेल पिटिरहेका छन् । याे अवस्थाहरूमा, एकाथरी मानिसहरू घरमा बस्न सकिरहेका छैनन्, तर अर्कोतर्फ उनीहरूले दिनभर घरमा कति काम भइरहेको छ भन्ने कुरा महसुस गर्न भने थालिसकेका छन् ।

आशा गराैँ कि यो नयाँ परिवेश र अनुभवको साथ उनीहरूले महिलाहरूको चाललाई बुझ्न सक्षम हुनेछन् । घरको सिमानामा सीमित महिलाहरूको जीवन कति अशान्तिपूर्ण छ भनेर बुझ्न अब उनीहरूलाई गाह्रो हुनेछैन ।

पक्कै पनि यो विपत्तीले लकडाउन महिलाहरूको सधैं एक हिस्सा हुन्छ भनेर बुझ्न अवसर दिएको छ । हाम्रो घरमा, गृहिणीहरूले जहिले पनि घरबाट अनावश्यक रूपमा बाहिर नजानु भनेर सल्लाह दिएका छन् । यहाँ यस्ता परिवारहरू पनि छन् जहाँ कामदार महिलाहरू, घरबाट अफिसमा आउने-जाने, र लकडाउनको अवस्थामा बढी तनावमा पनि बाँचिरहेका छन् ।

वर्षको सम्पूर्ण ३६५ दिनसम्म, कसरी उनीहरूको जीवन घरको ढोकामा सीमित छ, यो केवल आफ्ना प्रियजनहरूको सुविधाको चिन्ताद्वारा बुझ्न सकिन्छ । उनको आफ्नै घरको सिमानाको निश्चित घेरामा उनका भावनात्मक अभिलाषालाई कति बेवास्ता गरियो ? यो आशा गराैँ कोरोना संकटमा उनका प्रियजनहरूको ध्यानपनि यसतर्फ बढेको छ । यस छुट्टीले उनीहरूलाई आफ्नो जीवनमा यो स्थिरता बुझ्ने मौका पक्कै दिनेछ, जसले आफ्ना प्रियजनहरूको जीवनलाई सहज बनाउनको लागि मात्र बाँचेका छन् ।

कोरोनाभाइरसबाट बच्न धेरै नियमहरू अहिलेका दिनहरूमा जीवनको अंश बनेका छन् । त्यस्ता दिशानिर्देशहरू केवल घर बाहिर जानका लागि हुन्, तर हाम्रो सामाजिक-पारिवारिक वातावरणमा, एक गृहिणीले घरमा पनि अनगिन्ति निर्देशनहरू पालना गरिरहेका नै छन् । यदि तपाईं बाहिर जान चाहनुहुन्छ भने, त्यसपछि यी प्रतिबन्धहरूको सूची बढ्ने गरेकाे छ । घरकाे सिमानामा समेत, ड्रेसिंग गर्नदेखि लिएर मनको शब्दहरू सुन्नसम्म । उनीहरू यस्ता नयाँ मार्गनिर्देशनहरू पनि पालना गर्नुपरिरहेकाे छ । धेरै परिवारहरू हाेलान् जसकाे सम्पूर्ण जीवन त्यस्ता नियमहरूको पालनाको कठोरतामा गुज्रिरहेकाे छ । घरेलु हिंसा र भावनात्मक खराबीका कारण बढेको तथ्यांकले सुरक्षा, समानता र जीवनयापन सहजताको अगाडि हाम्रो घरमा महिलाहरूको लकडाउन अवस्थाको वर्णन गर्न पर्याप्त छ ।

भन्दा र हेर्दा उनीहरूको जीवनमा कुनै कुराकाे कमी छैन, तर एक्लोपन, तनाव र उदासिनताकाे पनि कमी छैन । उनीहरूका प्रियजनहरूले पनि उनीहरूको असुविधा र कठिनाइमा ध्यान दिँदैनन् । यस महामारीले उत्पन्न याे विषम समय उनीहरूको अवस्था बुझ्ने वातावरण बने राम्राे ।

आज महिलाहरू नै अग्र मोर्चामा संलग्न छन्, जुन प्रकोपको समयमा पनि निरन्तर छ । सबै सदस्यहरू घरमा छन, उनीहरू आफूपनि आइसोलेशनमा बाँचिरहेका छन् । यो अवस्थामा उनीहरूको मानसिक अवस्थालाईं नजरअन्दाज नगरौँ । अधिक दवावले हुनसक्छ आत्महत्या गर्ने महिलाहरूको संख्या बढी छ याे समय । त्यसकारण अचम्म मान्नु पर्दैन कि कोरोनाविरूद्ध लडिरहेकाे सम्पूर्ण विश्व आफ्नो घरहरुमा सीमित छन् र सामाजिक दुरी अपनाइरहेका छन् । यसको साथसाथै आउँदो समयमा मानसिक स्वास्थ्यमा सम्बोधन गर्नुपर्ने देखिन्छ ।

यस्तो अवस्थामा, गृहिणीहरू जसले अपमान सहनुपर्‍यो, उनीहरूले जीवनको एक महत्वपूर्ण अंश कैदमा बिताए त्याे कुरा मनन गर्नुपर्दछ । याे समय आफ्ना प्रियजनहरूको लागि महिलाको भावनाहरू बुझ्ने अवसरमा बदल्नुपर्दछ ।

गाउँ सहर डेस्क

तपाईँको मत