स्वास्थ्य

विश्वभर काेराेना संक्रमितमध्ये ९० प्रतिशत निकाे, भाइरस सक्रिय भएकामध्ये ०.७ प्रतिशतकाे अवस्था गम्भिर

काठमाडौं । हाल विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित मध्ये ९० प्रतिशत निकाे भएका छन् भने सक्रिय केशमध्ये (०.७ प्रतिशत) ८५ हजार ९२८ जनाको अवस्था गम्भीर छ । हाल १ कराेड २८ लाख ४२ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १५ करोड ८१ लाख ३३ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार हालसम्म विश्वभर संक्रमितको संख्या भने १७ करोड ४७ लाख ३८ हजार नाघेको छ भने मृतकको संख्या ३७ लाख ६२ हजार ५७० जना पुगेको छ । 

भारतमा पछिल्लाे २४ घण्टामा विश्वभरका सबैभन्दा धेरै काेराेना संक्रमित र मृत्यु भएका छन् । विश्वभर ३ लाख ५९ हजार थपिएकामध्ये भारतमा ९१ हजार २२७ जना नयाँ संक्रमित थपिएका छन् भने २ हजार २१३ जनाकाे मृत्यु भएकाे छ । यससँगै भारतमा संक्रमित संख्या हालसम्म २ कराेड ९० लाख ८८ हजार जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये ३ लाख ५३ हजार ५५७ जनाको ज्यान गइसकेको छ । भारतमा हालसम्म २ कराेड ७४ लाख ९६ हजार जना निको भएका छन् । सक्रिय केस १२ लाख ३८ हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ कराेड ४२ लाख ४२ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ६ लाख १३ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ५ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ८२ लाख २० हजार भन्दा बढि जना निको भइसकेका छन् भने ५४ लाख ८ हजार जनामा भाइरस सक्रिय छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड ७० लाख ३८ हजार जना संक्रमितमध्ये १ कराेड ५४ लाख ९४ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने ४ लाख ७७ हजारभन्दा बढी छन् । हाल १० लाख ६६ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

नेपालमा भाइरस संक्रमित ५ लाख ९५ हजार ३६४ जना पुगेका छन् भने ५ लाख ४ हजार ५३० जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ८ हजार ९८ पुगेको छ भने ८२ हजार ७२६ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत