स्वास्थ्य

एचआइभी संक्रमित महिलाकाे शरीरमा २१६ दिनसम्म रह्याे काेराेना, भाइरसले ३२ पटक फेर्याे स्वरूप

काठमाडाैँ । याे खबर सुनेर वा पढेर तपाईं अचम्म र छक्क पर्न सक्नुहुन्छ ।

दक्षिण अफ्रीकामा एचआईभी संक्रमित ३२ वर्षीय महिलाकाे शरीरमा २१६ दिनसम्म कोरोनाभाइरस रह्याे । महिलाकाे शरीरमा भाइरसले ३२ पटक रूप फेर्याे । याे खुलासा मेडआरएक्स-४ जर्नलमा प्रकाशित भएकाे छ ।

अनुसन्धानकर्ता डरबन के क्वाजूलूनेटल यूनिभर्सिटीका शोधकर्ताका अनुसार, परीक्षणकाे दौरानमा महिलाकाे शरीरमा ३२ पटक भाइरसले रूप बदल्याे । यसलाई दुई तरिकाले बुझ्न सकिन्छ ।

पहिलाे, १३ पटक कोरोनाभाइरसको स्पाइक प्रोटीनमा परिवर्तन भयो । स्पाइक प्रोटीन कोरोनाभाइरसको यति महत्त्वपूर्ण हिस्सा हो कि भाइरसले आफूलाई बचाउँछ ।

दोस्रो, त्यहाँ १९ यस्ता परिवर्तनहरू थिए जसले भाइरसको व्यवहारलाई परिवर्तन गर्ने क्षमता देखाउँदछ । संक्रमित महिलामा रहेको भाइरसले अरु कति मानिसहरूलाई बिरामी बनायो यसको बारेमा जानकारी खुलेको छैन । एजेन्सीकाे सहयाेगमा

गाउँ सहर डेस्क

तपाईँको मत