राजनीति

गीतासँग माफी माग्दै आफ्नै तबेलामा बस्ने सोच बनाउनु भएको हो ?

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता जनकराज पाठकले बिचारमा एकरूपता भएन भने लामाे यात्रा गर्न कठीन हुने बताएका छन् । 

अध्यक्ष कमल थापाले अर्का दुई अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणाप्रति लक्ष्यत गर्दै  ‘अल्छी घोडा’को संज्ञा दिँदै दुई वा दुई भन्दा बढी घोडाले तानेको रथ तीव्र गतिमा अघि बढ्न नसक्ने बताएपछि नेता पाठकले थापाप्रति संकेत गर्दै हाक्न नजान्नु सारथीको पनि कमजोरी रहेकाे, नाच्न नजान्ने आगन टेडो भनेजस्तै भएकाे बताएका छन् । 

अध्यक्ष थापाले सोमबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘दुई वा दुईभन्दा बढी घोडाले तानेको रथले तीव्रगति लिन सक्दैन । यो नैसर्गिक सत्य हो । यो सत्य नबुझेको होइन, तर तीव्रगति लिन नसके पनि सामान्य गतिमा हिँड्ला भन्ने आशा थियो । गतिहीन नै होला भन्ने सोचिएन’ लेखेका थिए । 

त्यसकाे प्रतिउत्तरमा पाठकले भनेका छन्-"श्रृष्टिको प्रारम्भ देखिनै सातवटा घोडाले तानेको सूर्यको रथ आजसम्म दौडिरहेको छ । मुख्य कुरा घोडाले बाेकेको पवित्र विचार, उद्देश्य र कार्यक्रम हो । यसमा एकरुपता छ भने तिन भन्दा बढि घोडाले तानेको रथ पनि दौडन सक्छ तर एकरुपता आएन, भएन, देखिर्न भने एउटै घोडा भएपनि दौडने हाेन हिड्न पनि सक्दैन अझ थचक्क बस्छ ।"

लोहनीलगायतका नेताले कमल थापा सरकारमा जाने पक्षमा रहेको र एकलौटीरुपमा पार्टीमा अघि बढ्न नसक्ने अवस्था भएपछि छटपटाहट बढेको र त्यसैको नतिजास्वरुप थापाले दुई अध्यक्षबारे नकारात्मक टिप्पणी गरेको ठहर गरेका छन् ।

पटक–पटक फुट्दै र जुट्दै आएको राप्रपाको पछिल्लो पटक १५ महिनाअघि एकता भएको थियो । राणा र लोहनीको राप्रपा संयुक्त र थापाको राप्रपाबीच एकता भएर एकीकृत राप्रपा बनेको थियो ।

"तीव्र गतिमा दौडिएर सिंहदरबार पस्ने कि जनताको घरदैलो तिर हिडने ? दौडाइ र हिडाइँमा तालमेल नमिलेकै हो त ? तालमेल मिलेन भने रथ भाँचिन्छ वा धरापमा फस्छ । गन्तव्य नै ठीक नभएको भए वा मार्गचित्र मै तालमेल नमिलेको भए जतिदिन हिँडियो, हिँडियो अब तिनवटै घोडा एकआपसमा परस्पर सम्वन्ध कायम रहने गरि पुन: अर्को मोडमा भेटियो भने अंकमाल गर्ने गरि जग हँसाउनु भन्दा हिन्दुहरुको आधार ग्रन्थ गीतासँग माफी माग्दै हाललाई आ-आफ्नै तबेलामा बस्ने सोच बनाउनु भएको हो त ?" पाठकले प्रतिप्रश्न गरेका छन् । 

गाउँ सहर संवाददाता

तपाईँको मत