स्वास्थ्य

लकडाउन प्रभावः बच्चा माेटाए ? दैनिक दुइपटक फलफूल र तरकारी ख्वाउनुहाेस्, २५% माेटाेपनामा कमी

काठमाडाैँ । कोरोनाको प्रतिबन्धका कारण, बच्चाहरूकाे शारीरिक गतिविधि निरन्तर कम हुँदैछ । उनीहरूमा मोटाेपना बढिरहेकाे छ । मोटोपनाले बच्चाहरूमा मधुमेह, हृदय रोग, दम, निद्रा विकारको उच्च जोखिम हुन्छ । मोटाेपनाबारे अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित एक अनुसन्धानका अनुसार यदि तरकारी र फलफूल दिनको दुई पटक खाएमा मोटोपनाको जोखिम २५ प्रतिशतले कमी हुने बताइएकाे छ ।

अमेरिकी संस्था केन्द्र रोग नियन्त्रण र रोकथाम (CDC) का अनुसार ६ देखि १७ वर्ष उमेरका बच्चाहरूले दैनिक कम्तिमा १ घण्टा मध्यम देखि जोडदार शारीरिक क्रियाकलापमा संलग्न हुनुपर्छ । सन्तुलित आहार खाएर र घर भित्रै उनीहरूको शारीरिक गतिविधि बढाउँदै बच्चाहरूलाई फिट राख्न सकिन्छ ।

यसै सन्दर्भमा डा. सरीता भट्टले यसरी बच्चाहरूकाे मोटोपनाको जोखिम कम गर्न सकिने बताउँछिन् ।

  1. टिभी देखाउँदै वा हेर्दै खाना नख्वाउनुहाेस् । यसले खाएकाे र कति खाइयाे थाहा हुँदैन । यसरी ख्वाउनुभएमा त्यसकाे जिम्मेवार स्वयं अभिभावक नै हाे ।

  2. बच्चालाई सिकाउने बानी व्यवहार आफूबाट सुरू गर्नुहाेस् । यसले गर्दा उसले सिक्छ ।

  3. उमेरनुसार ख्वाउनुहाेस् । तीन वर्षको बच्चालाई लगभग १००० देखि १४०० क्यालोरी चाहिन्छ र ९ - १३ वर्षे किशोरावस्थाका बच्चाहरूलाई करिब १०० देखि २२०० क्यालोरी चाहिन्छ । उनीहरूको खानामा फल र तरकारी, नट्स,  अन्न र दूधका परिकार समावेश गर्नुपर्दछ ।

बच्चाहरूको वृद्धि कसरी हुन्छ, तपाईं यसलाई BMI मार्फत जाँच्न सक्नुहुन्छ । बीएमआई भनेको शरीर द्रव्यमान सूचकांक हो । BMI जाँच गर्न अनलाइन क्यालकुलेटरहरू पनि छन्  । १८ देखि २२ बीचको BMI स्वस्थ बच्चाको लागि चिन्ह हो ।

BMI गणना गर्नको लागि सूत्र हो: वजन किलोग्राम (उचाई x उचाई सेमी) x १०,००० ।

  1. BMI २५ भन्दा माथि भए मोटाेपनाको जोखिम छ ।

  2. BMI १५ भन्दा कम भए कम ताैलकाे खतरा हुन्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत