कला

मृत्युवरण अन्तिम संकल्प हो यथार्थमा बाँचाैँ

जहाँ प्रमाण छैन त्यहिँ नै दर्शनशास्त्रको महत्व रहन्छ । अनि मानिस आफूले आफैँलाई सोध्छ- मैले विश्वास राखेको ईश्वर सर्वशक्तिमान सर्वव्यापक र सर्वज्ञानी छ भने किन यस्तो कष्ट र असंख्य दु:खको शाश्वत र अनन्त गठबन्धनबाट ग्रसित छ ! किन एउटै व्यक्ति पूरै तरिकाले सन्तुष्टी हुन नसकेको ! यो भनिन्छ- यहि त उसको नियम हो, ऊ पनि त कुनै नियमवाट बाँधिएको छ भने सर्वशक्तिमान कसरी ? ऊ पनि हामी जस्तै नियमको दास हो, यो पनि भन्न सकिँदैन कि यो त उसको मनोरञ्जन हो । हरेक व्यक्ति आफूलाई सही नै मान्दछ, जुन मानिस आफूलाई यथार्थवादी छु भन्ने दावा गर्छ उसले रुढीगत विश्वास, वर्तमान अवस्थाको व्यवस्थालाई चुनौती दिने सामर्थ्य राख्नुपर्छ । प्रचलित मतलाई तर्कले कसौँटीमा कस्न सक्नुपर्छ । यदि तर्कबाट प्रहार गर्ने सकिएन भने सिसा टुक्रे जस्तो टुक्रेर जान्छ । नयाँ दर्शनको स्थापना पूरै धराशायी बनेर जान्छ । पुरानो विश्वासलाई टालटुल गरी पुनस्निर्माण गर्नतिर लाग्दछ ।

एउटा परम आत्मा जुन प्रकृतिको गतिलाई सन्चालन गरेको हुन्छ अनि प्रकृतिमाथि विश्वास गर्छौँ अनि समस्या । आन्दोलनको ध्येय मानिसले आफ्नो सेवाका लागि प्रकृतिमाथि विजय प्राप्त गर्न खोज्दछ । यसलाई दिशा दिनको लागि कुनै चेतन शक्ति छैन, त्यो नै दर्शन हुनसक्छ । हामी त्यसलाई सही मानिराखेका छौँ, जसले हाम्रो शरीरमा घाउ बनाउनको लागि साहस यसकारण गर्छ मुलायम र आरमदायक मलहम आफू लगाउँन पाऊँ भनेर । त्यसाे हाे भने चेतन परमआत्माले किन यो विश्वमा मानिसको रचना गर्यो ?

सङ्घर्षले सबै प्राणलाई एक विन्दुमा एकत्रित गर्दछ । एउटै विन्दुमा उर्जा एकत्रित गर्दछ । यो अनुभव साधकलाई एकचोटी भयो भने जीवन यात्रा बदलिएर जान्छ रुपान्तरित हुन्छ, हिजोसम्म जे लाई मृत्यु भनेको थियो, त्यसलाई ऊ मृत्यु पनि भन्न सक्दैन, विस्तारै मूल कुरा मानिसले बिर्सदै गएको खासमा सङल्पको अभ्यास हो, मानिसले आफूले जे निश्चय गर्छ त्यसलाई पूरा गर्छ भने ऊ भित्रको उर्जा बलवान् हुन्छ ऊ आत्मावान् बन्न थाल्दछ ।

यो जगतमा जुन कुरालाई साधना भनेर गरिराखेका छौँ वस्तुत त्यो साधना नै होइन, संकल्प वेगर साधना हुन सक्दैन । भनिन्छ- "मुखबाट संकल्प भए पुग्छ यो कठीन छैन । संकल्प कठीन छ प्रयोग कठीन छैन ।" संकल्प वेगर प्रयोग गर्ने खोज्यो भने त्यो कठीन छ । त्यसैले मानिस भित्र एक किसिमको कृष्टलाइजेसनभित्र कृष्टल बन्न शुरू हुन्छ, व्यक्तित्वको आधारभुत जग खडा हुन्छ । मनसँग जो बाँच्छ ऊ साधक होईन, साधक संकल्पमा बाँच्न शुरू गर्छ भने त्यो साधक हो, साधकको अर्थ जसलाई मन भनिन्छ, त्यो संकल्पमा परिणत हुन्छ, अन्तिम संकल्प मृत्युवरण संकल्प हो, संकल्पबाट शरीरलाई जुन दिन मुर्दा देख्न सक्नुहुन्छ दुनियाँको कुनै धर्मशास्त्रले र त्यो दिनबाट दुनियाँको कुनै गुरूले नयाँ कुरा केही सिकाउन सक्दैन । जन्मको लागि साधरणतया हामी निर्णायक छैनौँ, त्यो अचेतन निर्णय हो, किन जन्म लियौँ, कहाँ जन्म लियौँ, कसरी जन्म लियौँ, त्यो थाहा छैन अनि त जीवनको विरोध छैन, निषेध छैन भने तब त्यो मान्छेले मृत्युमा पनि जीवन खोज्दछ 'तथाता' लाई स्वीकार गर्दछ । त्यसैले दर्शन शास्त्रको उत्पन्न नै मानिसको दुर्बलता अथवा ज्ञानको सीमित भएको कारण भएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत