विशेष

विश्व जलवायु परिवर्तनः तापक्रममा रेकर्ड बन्नसक्ने; लू, वर्षासँगै पानीको अभाव बढ्ने

[दक्षिण एशियाकाे लागि खतरा]

काठमाडाैँ । पृथ्वीको तापक्रमले विश्वव्यापी रेकर्ड तोड्न सक्छ । वैज्ञानिकहरूले यो खतरा व्यक्त गर्दै भनेका छन् कि २०२१ देखि २०२५ बीचमा सबैभन्दा बढी तातो हुनेछ । ४०% सम्म १.५ प्रतिशत तापमान बढ्ने खतरा छ । यसले सन् २०१६ काे तापक्रम रेकर्डलाई पछाडि पार्नेछ ।

बढ्दो तापक्रमले हिटस्ट्रोक, अत्यधिक वर्षा र पानीको अभाव हुन सक्छ । यो दाबी वर्ल्ड मेट्रोलजिकल संगठन (डब्ल्यूएमओ) को रिपोर्टमा अमेरिका, चीनलगायत विश्वका १० देशका वैज्ञानिकहरूले गरेका छन् ।

पछिल्लो दशकमा तापक्रम १.५ डिग्री बढ्ने सम्भावना २० प्रतिशत मात्र थियो तर नयाँ रिपोर्टमा यो खतरा अहिले ४० प्रतिशत छ । यदि यो भएमा २०१५ काे पेरिस जलवायु सम्झाैताभन्दा माथि उठ्नेछ । मौसमविद् लियोन हरमेनसेन भन्छन, विश्व १.५ डिग्री तापक्रम बढ्ने क्रममा छ । समय बित्दै जाँदा यसलाई रोक्न तत्काल कदम चाल्नु आवश्यक छ ।

सन् २०१५ मा १९५ देशका सरकारहरू ३० नाेभेम्बर देखि ११ डिसेम्बरसम्म फ्रान्सको पेरिसमा भेला भएका थिए । विश्वभरिका सरकारहरूले तापक्रम २ डिग्रीसम्म घटाउन हरितगृह ग्यास उत्सर्जन घटाउने लक्ष्य राखेका थिए । जसलाई हामी पेरिस जलवायु सम्झाैताकाे नामले चिन्छाैँ ।

विश्व जलवायु संगठनका महासचिव प्राध्यापक पाटेरी तालासका अनुसार, बढ्दो तापक्रमले हिउँ बढ्ने र समुद्री सतह बढ्ने गर्दछ । यसले मौसम बिगार्नेछ । नतिजा खाद्य, स्वास्थ्य, वातावरण र विकास प्रभावित हुनेछ । प्रतिवेदनले भनेकाे छ कि यो सतर्क हुनुपर्ने समय हो । विश्वव्यापी हरितगृह ग्यासको उत्सर्जन कम गर्न द्रुत रूपमा कार्य गर्नु आवश्यक छ ।

उक्त रिपोर्टका अनुसार विश्वको जनसंख्याको एक चौथाई भाग दक्षिण एशियामा बस्छन् । यो क्षेत्र पहिले नै सबैभन्दा गर्मी ग्रस्त छ । यस्तो अवस्थामा, बढ्दो तापमान यहाँकाे लागि ठूलो खतरा हो । यस क्षेत्रका करिब ६० प्रतिशत मानिसहरूले खेती गर्छन् । तिनीहरूले खुला मैदानमा काम गर्नुपर्दछ, त्यसैले तिनीहरूमा गर्मीकाे जोखिम बढ्नेछ ।

गाउँ सहर डेस्क

तपाईँको मत