स्वास्थ्य

विश्वभरमा १५ कराेड बढीले हराए काेराेनाभाइरस, ०.६% काे अवस्था भने गम्भीर

काठमाडाैँ । विश्वमा १५ कराेड २९ लाख ८७ हजार ४०४ ले काेराेनाभाइरस हराएका छन् । १७ कराेड ९ लाख ५४ हजार १७८ मा संक्रमण फैलिएकाेमा साे संख्याले स्वास्थ्यलाभ गरेसँगै अवस्था थप सुध्रिएकाे हाे ।

तर अहिलेसम्म भाइरसका कारण ३५ लाख ५४ हजार ९२७ काे भने मृत्यु भइसकेकाे छ ।

विश्वमा अहिले भाइरसकाे सक्रिय संक्रमण १ कराेड ४४ लाख ११ हजार ८४७ मा छ । यसमध्ये ९१ हजार ७९० काे अवस्था गम्भीर रहेकाे वर्ल्डाेमिटर्स डट इन्फाेकाेराेनाभाइरसले बताएकाे छ ।

अहिलेसम्म काेराेनाभाइरसका कारण कुल संक्रमितमध्ये २ प्रतिशतकाे मृत्यु भएकाे छ । भारत र ब्राजिल पछिल्लाे समय भाइरसबाट बढी प्रताडित देश बनेका छन् । 

नेपालमा पछिल्लाे २४ घण्टामा थप १०९ जनाकाे मृत्यु भएकाे छ । तर पछिल्लाे दिनमा निकाे हुनेकाे संख्या बढी छ । अहिलेसम्म ७ हजार ३४७ जनाकाे निधन काेराेनाकै कारण भइसकेकाे छ ।

देश शुक्रबारबाट कडा निषेधाज्ञामा छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत