गाउँ सहर

बजेट भाषणकाे लागि मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बिहान ११ बजेका लागि  बैठक बोलाइएको हो ।

बजेट भाषण अघि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

आजै अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण सार्वजनिक गर्ने तयारी छ । बजेट अपराह्न ४ बज सार्वजनिक गर्ने तयारी छ ।

प्रतिनिधि सभा विघटन भएपनि सरकारले अध्यादेशमार्फत जेठ १५ गते नै बजेट ल्याउन लागेको हो । आजको मन्त्रिपरिषद् बैठकले बजेट अध्यादेशमार्फत ल्याउन राष्ट्रपतिलाई सिफारिस गर्ने बताइएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत