स्वास्थ्य

“नेपालमा डाक्टर हुन भाटाले नफुट्ने टाउकाे, कुटाइले नदुख्ने जिउ, छतबाट हामफाल्दा नभाँचिने खुट्टा, र दिनदिनै तनाव सहँदा नडगमगाउने मनाेबल चाहिन्छ”

चिकित्सकमाथिको आक्रमण, हामी अविवेकी बन्दै गएकै हो ?

काठमाडौँ । कोरोना कहरले विश्व अक्रान्त छ, नेपालपनि अछुतो छैन । यो विषम अवस्थामा चिकित्सक आफू मरेर अरुको सेवा गरिरहेका छन् । उपकरणको अभाव झेलिरहेकै बेलापनि सेवामा कुनै कमी ल्याएका छैनन् । चिकित्सकसँगै फ्रन्टालाइनर्सले कहरलाई थाम्न हरतरिकाले प्रयासरस रहेको बारेमा हामी जानकार नै छौँ । फेरिपनि हामी किन समय समयमा विवेक गुमाउँछौँ ? के चिकित्सकले कुनै विरामीको कुभलो चाहन्छ ? चाहँदैन । रैपनि हामी किन आफ्नै लिंडे ढिप्पीमा चल्छौँ र भेरी काण्डजस्ता बारम्बार दोहोर्याउँछौँ ?

देश तथा विदेशमा भेरी काण्डकाे घाेर विराेध र आक्रमण गर्नेलाई कडा कारवाहीकाे माग गरिएकाे छ । सामाजिक सञ्जाल आक्राेसले थामिनसक्नु छ । प्रशासनकाे फन्दामा जाे हात छाड्ने हाे परिसकेकाे छ । रैपनि कसैलाई चित्त बुझेकाे छैन । काउन्सिलिङ्गका विभिन्न माध्यम हुँदाहुँदै पनि आक्रमण गरिनु अत्यन्तै खेदजनक रहेकाे सबैकाे निश्कर्ष छ ।

तर याे एउटा यस्ताे ट्विट जसकाे सन्देश एकदमै विचारनीय छ । उनी डा. सन्दीप घिमिरे हुन् । उनले लेखेका छन्, "भर्खर एमबीबीएस सकेका र सक्न लागेका भाइबहिनीहरूलाई सल्लाह- नेपाल बस्छु भनेर साेच्ने गल्ती नगर, पछि पछुताे हुन्छ (मलाई जस्तै) । नेपालमा डाक्टर हुन भाटाले नफुट्ने टाउकाे, कुटाइले नदुख्ने जिउ, छतबाट हामफाल्दा नभाँचिने खुट्टा, र दिनदिनै तनाव सहँदा नडगमगाउने मनाेबल चाहिन्छ ।"

उनले लेखेकाे यत्ति हाे तर दिएकाे सन्देश एकदमै पीडादायी र विचारणीय छ ।

यसै सन्दर्भमा सुधाम्सु केसी लेख्छन्, "नर्स, डाक्टरलाई कठालाे समातेर पिटेकाे जस्तै नेता, सांसद, र मन्त्रीहरूकाे कठालाे समातेर पिट्ने गरेकाे भए आजसम्म सबै बयस्क नेपालीले खाेप लगाइसकेका हुन्थे हाेला !"

गाउँ सहर डेस्क

तपाईँको मत