स्वास्थ्य

चीनले अनुदानमा दिने खाेप अर्काेसाता आइपुग्ने

काठमाडाैँ । चीनले नेपाललाई अनुदानमा उपलब्ध गराउने भनेको १० लाख मात्रा कोभिड खोप तयार अवस्थामा राखिएको र त्यो एकाध दिनमै नेपाल आइपुग्ने अधिकारीहरूले बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिन्पिङबीच यसै साता भएको कुराकानीका क्रममा चीनले नेपाललाई १० लाख मात्रा खोप अनुदानमा दिने घोषणा गरेको हो ।

यो खोप प्राप्त भइसकेपछि बेइजिङले नेपाललाई अनुदानस्वरूप उपलब्ध गराएको खोपको मात्रा १८ लाख पुग्नेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत