गाउँ सहर

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटको सर्वोच्चमा सुनुवाइ सुरु, कानुनविदहरुको लागि १० मिनेट समय निर्धारण

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका ३० वटा रिट निवेदनको सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले पाँच न्यायाधीशको संवैधानिक इजलास गठन गरेका छन् । सोही इजलासमा सुनुवाइ सुरु भएको हो ।

इजलासमा दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई राखेका छन् । 

रिट निवेदकहरुले अहिले बहस गरिरहेका छन् । सन्तोष भण्डारी, सुजन नेपाल, शैलेन्द्र अम्बेडकर, मोहना अन्सारीलगायतले बहस गरेका छन् ।

संवैधानिक इजलासमा रिट निवेदकका तर्फबाट बहस गर्ने कानुनविदहरुको लागि समय निर्धारण गरिएको छ ।

बहसकर्तालाई १० मिनेटमात्रै समय उपलब्ध गराइने प्रधानन्यायाधीश राणाले जनाएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत