स्वास्थ्य

काेराेनाभाइरसकाे सक्रिय संक्रमण १ कराेड ४७ लाख ६७ हजार ४०४, ९७ हजार ९०५ काे अवस्था भने गम्भीर

काठमाडाैँ । विश्वमा १५ कराेड १३ लाख ३१ हजार १२ ले काेराेनाभाइरस हराएका छन् । १६ कराेड ९६ लाख २३ हजार ४३९ मा संक्रमण फैलिएकाेमा साे संख्याले स्वास्थ्यलाभ गरेसँगै अवस्था थप सुध्रिएकाे हाे ।

तर अहिलेसम्म भाइरसका कारण ३५ लाख २५ हजार २३ काे भने मृत्यु भइसकेकाे छ ।

विश्वमा अहिले भाइरसकाे सक्रिय संक्रमण १ कराेड ४७ लाख ६७ हजार ४०४ मा छ । यसमध्ये ९७ हजार ९०५ काे अवस्था गम्भीर रहेकाे वर्ल्डाेमिटर्स डट इन्फाेकाेराेनाभाइरसले बताएकाे छ ।

अहिलेसम्म काेराेनाभाइरसका कारण कुल संक्रमितमध्ये २ प्रतिशतकाे मृत्यु भएकाे छ । भारत र ब्राजिल पछिल्लाे समय भाइरसबाट बढी प्रताडित देश बनेका छन् । 

नेपालमा पछिल्लाे २४ घण्टामा थप १०६ जनाकाे मृत्यु भएकाे छ । तर पछिल्लाे दिनमा निकाे हुनेकाे संख्या बढी छ । अहिलेसम्म ६ हजार ९५१ जनाकाे निधन काेराेनाकै कारण भइसकेकाे छ ।

देश शुक्रबारबाट कडा निषेधाज्ञामा छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत