दिगोविकास

पार्टी महाधिवेशन समयमा सम्पन्न गर्ने देउवाकाे प्रतिबद्धता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार गठनका लागि संविधान प्रदत्त अधिकार प्रयोग गरेर आफूहरू न्यायालय पुगेको बताउँदै न्याय प्राप्त हुने आशा व्यक्त गरेका छन् ।

नेपाल प्रेस युनियनको ३१औँ स्थापना दिवसको अवसरमा आज आयोजित भर्चुअल बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले पार्टी महाधिवेशन समयमा सम्पन्न गर्ने गरी तयारी भइरहेको जानकारी दिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले जनता र संविधान बचाउनका लागि सबै पक्षबीच  एकजुटताको आवश्यकता औँल्याए ।

नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले कोभिड प्रभावित मिडिया क्षेत्रका लागि सरकार अनुदार रहेको बताए ।

बैठकमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, नेपाल पत्रकार महासङ्घका सभापति विपुल पोख्रेल, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालले धारणा राखेका थिए ।

नेपाल प्रेस युनियनले कोभिडबाट प्रभावित पत्रकारहरूका लागि आज नै दश लाख रुपैयाँ अक्षय कोष रहने राहत कोषको स्थापना गर्ने निर्णय पनि गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत