अर्थतन्त्र

सोमबार शेयरबजारकाे कारोबार रकम र सूचकमा नयाँ रेकर्ड

काठमाडाैं । सोमबार सेयर बजारमा १३ अर्ब १७ करोड रुपैयाँको सेयर किनबेच भएको छ । जुन रकम अहिलेसम्मकै उच्च हो ।

नेप्से परिसूचक ३.०७ अंकले बढेर हालसम्मै उच्च अंक २८२३.०७ अंकमा पुगेको छ । सोमबार कारोबार संख्या र रकमका आधारमा पनि नयाँ कीर्तिमान कायम भएको छ । सोमबार कुल २ करोड ७१ लाख ४० हजार २०२ कित्ता सेयर १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार १८७ रुपैयाँ ८३ पैसामा कारोबार भएको छ । यसअघि कारोबारको उच्च संख्या २ करोड ५१ लाख २१ हजार ५५५ थियो भने कारोबार रकम ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार ४११ रुपैयाँ थियो ।

कारोबारमा आएका १३ मध्ये ५ वटा समुहको सूचक मात्र सकारात्मक रहेको छ भने ७ वटा ऋणात्मक रहेका छन् । निर्जीवन बीमाको सर्वाधिक १.३९ प्रतिशतले बढेको बजारमा लगानी सूचक पनि १.३७ प्रतिशतले बढ्दा बैंकिङ्ग, जलविद्युत र म्युचुअल फण्ड सामान्य सकारात्मक रहे ।

यसदिनको बजारमा बरुण हाइड्रोपावर, युनाइटेड इदिमार्दी, माउन्टेन हाइड्रो र ग्रीन डेभलपमेन्ट बैंक गरी चार कम्पनीको शेयरमूल्यमा सर्किट लागेको छ भने तीन कम्पनीहरु एक्सेल डेभलपमेन्ट बैंक, गुडविल फाइनानस र सेन्ट्रल फाइनान्सको शेयरमूल्यमा ४ प्रतिशत बढीको गिरावट आयो ।

एचआईडिसिएलको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २१ लाख ९ हजार ९०७ कित्ता शेयर १ अर्ब २६ करोड १९ लाख ६७० रुपैयाँमा खरीद बिक्री भएका छन् ।

यसैगरी नेको इन्स्योरेन्सको ३७ करोड ३३ लाख, पुनर्बीमा कम्पनी २८ करोड २१ लाख, आइएमई जनरल इन्स्योरेन्स २५ करोड ७० लाख, र सूर्या लाइफको २४ करोड ८१ लाखको शेयर खरीद बिक्री भएको छ ।

 

 

गाउँ सहर संवाददाता

तपाईँको मत