अर्थतन्त्र

निषेधाज्ञामा बैंक तथा वित्तीय संस्था खाेल्न थप कडाई, राष्ट्र बैंकद्वारा पाँच बुँदे निर्देशन

काठमाडाैं । निषेधाज्ञामा पनि कोरोना संक्रमण कम नभएपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सञ्चालनमा थप कडाई गरेको छ । अब बैंक तथा वित्तीय संस्थाले उपत्यकामा सीमित शाखा कार्यलय मात्रै खोलेर सेवा दिन पाउने छन् ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीहरुलाई उपत्यकाका ३ जिल्लामा आइतबारदेखि केन्द्रिय कार्यालयबाहेक ६ वटा शाखा कार्यालयबाट मात्रै सेवा सुचारु गर्न निर्देशन दिएकाे छ ।

साथै बैंक तथा वित्त कम्पनीहरुले समेत सो निर्देशनको कार्यान्यवन गर्न थालिसकेका छन् । सो निर्देशन अनुसार बैंक तथा वित्त कम्पनीहरुले साताभर सुचारु गरिने कार्यालयको नामावाली शुक्रबारै आफ्नो वेवसाइटमा सार्वजनिक गर्नु पर्नेछ ।

सुचारु गरिने शाखा र कार्यालयमा खटिने कर्मचारी नामावाली बैंकहरुले शुक्रबार नै राष्ट्र बैंक र जिल्ला प्रसाशन कार्यालयमा पठाउनु पर्नेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत