राजनीति

विपक्षी गठबन्धनको रिट दायर गर्न १४६ सांसदको हस्ताक्षरमा एमाले नेपाल पक्षबाट २३ जना

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग्ने रिट तयार भएको छ ।

रिटमा विघटित प्रतिनिधिसभाका १४६ जना सांसदको हस्ताक्षर र सनाखत भएको छ । यसअघि नेकपा एमालेका २६ जनाको हस्ताक्षरसहित १४९ जनाको नाम राष्ट्रपति समक्ष पठाइएको थियो ।

यसअघि नेपाल पक्षमा रहनुभएका गोकर्ण विष्ट, योगेशकुमार भट्टराई, गणेशकुमार पहाडी, पवित्रा निरौला खरेलले रिटपत्रमा हस्ताक्षर गरेनन् ।

यसअघि शनिबार बसेको स्थायी कमिटी बैठकले ११ जना पूर्व सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । 

आज अपरान्ह बस्ने स्थायी कमिटी बैठकले थप कारवाहीको निर्णय गर्ने बताइएको छ ।

माधव पक्षबाट रिटपत्रमा हस्ताक्षर गर्ने पूर्व सांसदहरुमा १) झलनाथ खनाल, २) माधवकुमार नेपाल ३) विरोध खतिवडा ४) भीमबहादुर रावल ५) झपट रावल ६) विरोध खतिवडा ७) घनश्याम भुषाल ८) जीवनराम श्रेष्ठ ९) सोमप्रसाद पाण्डे १०) कृष्णलाल महर्जन ११) निरादेवी जैरु १२) सरला यादव १३) कल्याणी खड्का १४) लक्ष्मी चौधरी १५) रामकुमारी झाँक्री १६) कलिला खातुन १७) पुष्पाकुमारी कर्ण १८) यज्ञ सुनुवार १९) भवानीप्रसाद खापु∙ २०) मुकुन्द न्यौपाने २१) मेटमणी चौधरी २२) दीपकप्रसाद भट्ट २३) नारायण खतिवडा रहनुभएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत