गाउँ सहर

नेपाली ‘लायनिजम‘ लाई अन्तर्राष्ट्रिय जगतमा उँचाे बनाउने यात्राका लागि मेराे उम्मेद्बारी : सिटाैला

काठमाडौं । चिल्लाे अनुहार, हँसिलाे मुहार, हाेचाे कद र 'लाइनिजम' लायनवादमा उँचाे । जहाँ इच्छा त्यहाँ उपाय, जहाँ लायन्स त्यहाँ सेवा, त्यसैगरि जहाँ आवश्यकता, त्यहाँ लायन्स जस्ता नारा आत्मसात गर्दै सामाजिक सेवाकाे सक्रिय २५ वर्षे लायन यात्रामा समर्पित व्यक्ति हुन् लायन खगेन्द्रप्रसाद सिटाैला ।

२०१९ सालमा भोजपुरमा जन्मेका सिटाैला समाजसेवाका कार्य गर्दागर्दै सन १९७७ मा लायन्स क्लव अफ दिङ्गला भोजपुरको चार्टर मेम्वर भएर लायन्स क्लवमा जाेडिएका हुन् ।एक्लो प्रयासले ठूलो उपलब्धि हासिल हुँदैन । एकले थुकी सुकी, धरैले थुकी नदी भनेझैँ समूहले गरेका काम प्रभावकारी हुने उनकाे विश्वास छ । लायन्स क्लबमार्फत सामाजिक कार्यका विभिन्न रेकर्ड तथा भूमिका निभाएका उनै सिटाैला यतिबेला पुन: चर्चामा छन् । चर्चा यसकारण कि उनी आगामी जेठ २१ र २२ गते हुने लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ मल्टिपल कन्भेन्सनका लागि लायन्स क्लब्स अन्तर्राष्ट्रिय निर्देशक (इन्टरनेशनल डाइरेक्टर) का उम्मेदवार हुन् ।

विश्वमा दुईसय भन्दा बढि देशमा फैलिएकाे सबैभन्दा ठूलो र धेरै सदस्य संख्या भएको सामाजिक संस्था हो लायन्स क्लव । जसका सदस्यहरूले समाजमा विभिन्न कठीन परिस्थिमा रहेका मानिसहरुलाई सहयोग गर्नु असहाय बालबालिकाहरुलाई विभिन्न तरिकाले सेवा गर्नु, राहत उद्धार पुर्नस्थापना लगायतका कामहरु यस संस्थाले गर्ने गर्दछ ।

मानवीय सेवामा क्रियाशील सामाजिक परोपकारी अन्तर्राष्ट्रिय संस्था लायन्स क्लबको डिस्ट्रिक्ट ३२५ मल्टिपल कन्भेन्सन आगामी जेठ २१ र २२ गते हुँदै छ । कन्भेन्सनबाट इन्टरनेशनल डाइरेक्टर छनोट हुनेछ । इन्टरनेशनल डाइरेक्टरमा डिस्ट्रिक्ट ३२५ ए१ बाट सिटाैलाले उम्मेदवारी दिएका छन् । उनीसँगै बालकृष्ण बुर्लाकोटी र शम्भु घिमिरे प्रतिष्पर्धामा उत्रिएका छन् । नेपालमा ए१, ए२, बी१ र बि२ गरी चार वटा डिस्ट्रिक्ट छन् । चारवटै डिस्ट्रिक्टमा चुनावी माहोल शुरु भएको छ ।

समुदायमा काम गर्दा प्राप्त हुने सुखद क्षणहरुको राम्रो अनुभूतिले नेपालकाे तर्फबाट थप नेतृत्व सम्हाल्ने चाहना भएकाे उनकाे भनाइ छ । यसअघि ईन्जिनियर लायन सञ्जय खेतान नेपालको तर्फबाट अन्तर्राष्ट्रिय डाइरेक्टर बनेका थिए । खेतानलाई लायन्सको अन्तर्राष्ट्रिय अध्यक्ष बनाउने अभियानमा समेत आफूले भूमिका खेलेका सिटाैला यसपटक नेपालबाट लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ मल्टिपल कन्भेन्सनका लागि इन्टरनेशनल डाइरेक्टरमा विजय हुने बताउँछन् ।

यस्ताे छ सिटाैलाकाे लायन यात्रा

खगेन्द्र सिटौला सन् १९९७ मा लायन्स क्लब दिङला भोजपुरको संस्थापक सदस्यको रुपमा रुपमा लायन्स क्लबमा प्रवेश गरेका थिए । उक्त क्लबमा उनले २००२ -०३ को क्लब अध्यक्षका रुपमा काम गरे । त्यसै गरि २००२-०४ सम्म जोन चियर पर्सन हुँदै उनी सन् २००४-०५का क्याबिनेट सेक्रेटरी बने भने २००६-०७का डिस्ट्रिक ३२५ ए का डिस्ट्रिक गभर्नरको रुपमा चयन भए । यस बखत उनले सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएका थिए ।

उनले सन् २०१२-२०१३ मा मल्टिपल डिस्ट्रिक ३२५ नेपालका काउन्सिल चियार्पर्सन भएर काम गरेका थिए ।त्यसैगरि सन् २००७-०८ देखि मल्टिपल डिस्ट्रिक ३२५ एल सी आइ एफको कोर्डिनेटर भएका उनले सन् २०१०-११ देखि २०१५-१६ सम्म मल्टिपल डिस्ट्रिक ३२५ लायन्स क्वेष्ट चियरपर्सन हुदै सन् २०१३-१४ देखि २०१५-१६को जी एम टि मल्टिपल डिस्ट्रिक ३२५ कोर्डिनेटर रहेर काम गरिसकेका छन् ।

सन् २०१७ देखि सन् २०१९ सम्म जी एम टि एरिया लिडर मल्टिपल डिस्ट्रिक ३०५ पाकिस्तान तथा मल्टिपल डिस्ट्रिक ३२५ हुदै सन् २०१९ देखि हाल सम्म जी एटि एरिया लिडरको रुपमा सक्रिय हुदै आएका छन् । उनले ८ वटा अन्तर्राष्ट्रिय अध्यक्ष पदक, ४ लिडरसिप पदक, एल सी आइ एफ कन्ट्रीब्यूटर पदकका साथै धेरै अन्तर्राष्ट्रिय अध्यक्षका प्रमाणपत्र प्राप्त गरेका छन् ।

सिटौला हाल सम्म ४ पटक अन्तर्राष्ट्रिय डाइरेक्टर इण्डोर्सी भएका छन् । उनी सन् २००८मा डिस्ट्रिक ३२५ ए बाट सन् २०१० मा डिस्ट्रिक ३२५ ए बाट सन् २०१२मा डिस्ट्रिक ३२५ ए १ बाट र हाल सन् २०२१ मा डिस्ट्रिक ३२५ ए१ बाट इण्डोर्सी भएका हुन । गभर्नर हुँदा होस् अथवा अन्य जिम्मेवारीमा रहँदा उनले लायन्समार्फत सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएका छन् ।

जितकाे धार र एजेण्डा 

लायन्समा लाग्नेकाे एउटै एजेण्डा निस्वार्थ सेवामा समर्पित र सेवाका हातहरू जाेड्दै फराकिलाे बनाउँदै लैजानु रहेकाे सिटाैला बताउँछन् । अनवरत रुपमा लायन्समा लागेर समुदायमा स्थायी छाप छोड्न सफल भएका साथीहरु, जुनसुकै परिस्थितिका बाबजुद पनि आफूलाई सामाजिक कार्यमा समाहित गर्ने सुन्दर मन र सकारात्मक सोच भएका व्यक्तिहरुसँगको निकटता र आफू जस्तै लायन्स साथीहरुले मत नै जितकाे पहिलाे आधार भएकाे बनाउँछन् सिटाैला ।

त्यसाे त उनकाे विगत इतिहासले पनि जितकाे प्रशस्तै आधार खडका गरेकाे देखिन्छ । तथापी जितकाे लागि लायन सदस्यहरूकाे मत नै प्रमुख आधार हाे । अन्तर्राष्ट्रिय लायन्सको क्षेत्रमा उनी गभर्नर हुँदा धेरै नयाँ रेकर्ड बनाउन सफल भएका थिए । उनकाे गभर्नरकाल(२००६-००७)मा सर्वोच्च शिखर सगरमाथामा लायन्सको झण्डासमेत फहराउन सफल भएका थिए ।

लायन्सको अन्तर्राष्ट्रिय डाइरेक्टर बनेर संसारभर नेपालको झण्डालाई चिनाउने अभियानमा लाग्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् । सफल नेतृत्वको परिचायक बनेका लायन्स लिडर खगेन्द्र सिटौलाको अनुभव, खारिएको प्रतिभा, समाजसेवामा सक्रिय भूमिका र कार्यकौशलताले लायन्सको साखलाई उँचो पार्ने यात्रामा उनी छन् । लायन्स अन्तर्राष्ट्रियको कन्भेन्सनमा आफ्नो महत्वपूर्ण प्रस्तुति राखिसकेका सिटौला नेपाली लायन्सको हरेक सदस्यहरु माझ भिजेर काम गरेकाले देशभरका लायन्स सदस्यहरुमाझ परिचित नाम हाे । 

नेपालमा पनि ठूलाे संख्यामा क्लब र सदस्यहरू भएकाले कहिले काहीँ लायन्सकाे विधि अनुशासनबाट बिचलित भएका घटनाहरू न्यूनिकरण गर्न अनुशासित पद्धति कार्यान्वयनमा जाेड दिने बताउँछन् ।

आत्मसन्तुष्टि र आत्मसम्मानले लायन्सकाे सदस्य हुनुमा अझ गर्व गर्ने वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरे । त्यसकाे लागि साहस, नेतृत्व क्षमता, निष्ठा र दूरदृष्टि रहेकाे उनले दाबी गरे । मूलतः शिक्षा, स्वास्थ्य, पर्यावरण तथा समग्र मानव कल्याणमा समर्पित यस संस्थाले नेपालमा विशेषगरी अन्धोपन निवारणलगायत लोककल्याणकारी क्षेत्रमा विशेष योगदान पुर्‍याउँदै आएको छ । हाल पढाऊ अभियान पनि सुरु गरिसकेको छ । यसैभित्र रहेर कुनै पनि धर्म, सम्प्रदाय, जात, लिंग र राजनीतिभन्दा माथि उठेर मानवीय भावले समाजसेवा समर्पित हुने र गराउने सिटाैलाले बताए । 

पूर्व कोसीमा ठूलो बाढी, ०७२ सालकाे भूकम्प, यहि काेभिडमा राज्यलाई लायन्सले गरेकाे सहयाेग र सयाैँ लायन्स क्लबहरूले निरन्तर गरिरहेकाे सेवाकाे प्रशंसा गर्दै सिटाैलाले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर मानवीय सेवामा केन्द्रित रहेर काम गर्ने प्रतिबद्धता जनाए ।

गाउँ सहर डेस्क

तपाईँको मत