स्वास्थ्य

६२ जिल्ला 'रेड जाेन' मा, कुन स्थानमा कति काेराेना संक्रमित ? हेर्नुहाेस् पूर्ण तथ्यांकमा नेपाल

काठमाडौँ । नेपालका ६२ जिल्लामा कोरोनाभाइरस संक्रमणको दर उच्च देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले यहि बताउँछ । उसका अनुसार ६२ जिल्ला ‘रेड जोन’मा छन् । जसमध्ये ४५ जिल्लामा पाँच सयभन्दा बढी र अन्य १७ जिल्लामा दुई सय बढी कोरोनाभाइरस संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ को मोरङ, सुनसरी, झापामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । प्रदेश २ को पर्सा, धनुषा, रौतहट, महोत्तरी, सप्तरी, सिराहा, र बारामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी बागमती प्रदेशको काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, चितवन, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, दोलखा, रामेछाप र सिन्धुली पाँच सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

गण्डकी प्रदेशको कास्की, गोरखा, नवलपरासी पूर्व, तनहुँ र स्याङ्जा पनि पाँच सय भन्दा बढी संक्रमित रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दिया, पाल्पा, रुपन्देही, अर्घाखाँची, नवलपरासी पश्चिम, गुल्मी र कपिलवस्तुमा पनि पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशको सल्यान, सुर्खेत र दैलेख तथा सुदूरपश्चिम प्रदेशको डडेल्धुरा कैलाली, कञ्चनपुर, बैतडी, डोटी र अछाम पनि पाँच सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ को इलाम, ताप्लेजुङ, उदयपुर, धनकुटा, ओखलढुंगा, खोटाङ, संखुवासभा, बागमती प्रदेशको रसुवा र लुम्बिनी प्रदेशको रोल्पामा २ सय भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यसरी नै प्रदेश २ को सर्लाहीमा २ सय भन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

कर्णाली प्रदेशको जाजरकोट, कालिकोट र रुकुम पश्चिम तथा सुदूरपश्चिम प्रदेशको दार्चुलामा पनि २ सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यता लकडाउन सुरू भएपश्चात र नयाँ भेरियन्टसँगै संक्रमित थपिनेकाे संख्या २ लाखकाे हाराहारीमा छन् भने करिब ३ हजार थपले ज्यान गुमाएका छन् । निकाे हुनेकाे प्रतिशतमा संक्रमितकाे दाँजाेमा खासै सुधार देखिएकाे छैन । जाेखिम झनै बढेकाे छ भने सावधानीका उपाय काडाइका साथ पालना गर्नुपर्ने देखिएकाे छ तर अवस्था भनेजस्ताे सहज छैन ।

गाउँ सहर संवाददाता

तपाईँको मत