अर्थतन्त्र

संसद विघटनले शेयरबजारमा कुनै असर गरेन, नेप्से परिसूचकसँगै काराेबार पनि उच्च

काठमाडाैं । शुक्रबारकाे प्रतिनिधिसभा विघटनकाे कुनै असर शेयरबजारमा परेकाे दिखिएन । साताकाे पहिलाे काराेबारका दिन नेप्से झण्डै ३३ अंकले बढेकाे छ भने काराेबार रकम पनि उत्साजन रहेकाे छ । 

यस दिन शेयरबजार मापन नेप्से परिसूचक ३२.८१ अंकले बढेर २८२० अंकमा पुगेको छ ।

आइतबार कूल २२० वटा कम्पनीकाे शेयर काराेबार भएकामध्ये १४६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ६५ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ९ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

आइतबार २ करोड ५१ लाख ६३ हजार ६६० कित्ता सेयर ११ अर्ब ६९ करोड ५० लाख ३४ हजार ७२८ रुपैयाँमा कारोबार भएको छ ।

आइतबार कर्णाली डेभलपमेन्ट बैंक र ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्यमा १० प्रतिशत सकारात्मक सर्किट लागेको छ । त्यसका साथै महालक्ष्मी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर, कालिका पावर कम्पनीलगायतको पनि सेयर मूल्यमा सकारात्मक सर्किट देखिएको छ ।

त्यसैगरी रुरु जलविद्युत् परियोजना, समता घरेलू लघुवित्त, राष्ट्रिय बीमा कम्पनी, गँरास लघुवित्तको सेयर मूल्य घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४१ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत