अर्थतन्त्र

चाँदीकाे मूल्य घट्याे, सुनकाे बढ्याे

काठमाडाैं । आइतबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ भने चादीको तोलामा ५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार यस दिन छापावाला सुन प्रतितोला ९३ हजार ६०० र तेजाबी सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

अघिल्ले दिन शुक्रबार महासँघले छापावाला सुनको भाउ प्रतितोला ९३ हजार ३०० र तेजाबी सुनको भाउ ९२ हजार ८०० तोकेको थियो ।

आइतबार चाँदीको भाउ भने घटेको छ । यस दिन चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३४५ रुपैयाामा कारोबार भइरहेको महासँघले जनाएको छ ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत