काेराेना प्रभावले नेपालकाे अर्थतन्त्र कति दवायाे ?
- गाउँ सहर संवाददाता
- ९ जेठ आइतबार, २०७८ | १३:५५:०० मा प्रकाशित
काठमाडाैँ । काेराेनाभाइरसकाे प्रभावकाे कारण नेपालमा २०७६ चैत्र दाेस्राे हप्तादेखिकाे निषेधाज्ञा र बन्दाबन्दीले अर्थतन्त्रमा नराम्राे क्षति पुगेकाे थियाे । पुनः दाेस्राे लहरले बैशाख दाेस्राे हप्ताबााट गतिविधि ठप्प छन् । लाखाैँकाे राेजगारी गुमेकाे छ, ६ हजार बढीकाे ज्यान गएकाे छ भने ५ लाखभन्दा बढी काेराेना संक्रमित पुगेका छन् । जनजीविका खाेसिएकाे छ । अन्य राेगीकाे संख्या बढेकाे छ भने अभाव र महंगीले थला पारेकाे छ ।
सन् २०१९ को डिसेम्बरबाट शुरु भएको कोभिड—१९ महामारीका कारण विश्व अर्थतन्त्रमा ठूलो क्षति पुगिरहेको छ, जसबाट नेपाल पनि प्रभावित छ । नेपालले पनि महामारी रोकथामका लागि २०७६ चैत ११ गतेदेखि बन्दाबन्दी लगायतका उपायहरु अवलम्वन गर्यो । कोभिड–१९ का कारण आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धि ऋणात्मक रह्यो भने २०७७/७८ मा कमै रहने अनुमान रहेको छ । केही समय बन्दाबन्दी हटाइएकोमा २०७८ बैशाख १६ गतेदेखि पुनः सोही अवस्था शुरु भएको छ ।
कोभिड—१९ ले व्यवसायमा पारेको असर अध्ययन गर्न नेपाल राष्ट्र बैंकले २०७७ असारमा ५२ जिल्लाका ६७४ उद्योगी/व्यवसायीहरुबाट तथ्याङ्क संकलन गरी सोको प्रतिवेदन सार्वजनिक गरेको थियो । सो सर्वेक्षणले बन्दाबन्दी पश्चात औसतमा ६१.०३ प्रतिशत उद्योग/व्यवसायहरु सञ्चालन हुन नसकेको र ४.१ प्रतिशत उद्योग/व्यवसायहरुमात्र पूर्ण रुपमा सञ्चालनमा रहेको देखाएको थियो । त्यसैगरी, बन्दाबन्दी केही खुकुलो भएपछि २०७७ मंसिरमा प्रथम पुनरावृत्ति सर्वेक्षण सम्पन्न गरिएको थियो ।
पुनरावृत्ति सर्वेक्षणले २०७७ असारको सर्वेक्षणको तुलनामा उद्योग/व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोबारमा उल्लेख्य सुधार आएको देखाएको छ । यो दोस्रो पुनरावृति सर्वेक्षण गरिसक्दा कोभिड—१९ को दोस्रो लहरले गर्दा अधिकांश जिल्लाहरुमा पुनः निषेधाज्ञा जारी भएको छ ।
२०७७ जेठ २६ गतेदेखि असार १० गतेसम्म सम्पन्न गरेको शुरुको सर्वेक्षणले बन्दाबन्दी अवधिमा सर्वेक्षणमा सहभागी ४ प्रतिशत उद्योग/व्यवसाय पूर्ण रुपमा सञ्चालनमा रहेको, ३५ प्रतिशत उद्योग/व्यवसाय आंशिक रुपमा सञ्चालनमा रहेकोर ६१ प्रतिशत उद्योग/व्यवसायहरु पूर्णरुपमा बन्द रहेकोदेखाएको थियो। सो सर्वेक्षणले कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा उद्योग/व्यवसायले औसतमा करिब २९ प्रतिशत मात्र उत्पादन/कारोबार गरेको, ७७.५ प्रतिशत मात्र रोजगारी प्रदान गरेको र ६३.४ प्रतिशत मात्र तलब—ज्यालामा खर्च गरेको देखाएको थियो । छ। त्यसैगरी, यस बैंकले २०७७ मंसिरमा सम्पन्न गरेको पहिलो पुनरावृत्ति सर्वेक्षणले ५४ प्रतिशत उद्योग/व्यवसाय पूर्ण रुपमा सञ्चालनमा रहेको, ३७ प्रतिशत उद्योग/व्यवसाय आंशिक रुपमा सञ्चालनमा रहेकोर ९ प्रतिशत उद्योग/व्यवसायहरु पूर्णरुपमा बन्द रहेको देखाएको थियो । सो सर्वेक्षणले २०७६ फागुनको तुलनामा २०७७ मंसिरमा उद्योग/व्यवसायले औसतमा ५०.५ प्रतिशत उत्पादन/कारोबार गरेको, ८७.५ प्रतिशत रोजगारी प्रदान गरेको र ७०.४ प्रतिशत मात्र तलब—ज्यालामा खर्च गरेको देखाएको थियो ।
गत २०७७ असारको तुलनामा उद्योग/व्यवसाय सञ्चालनको अवस्थामा सुधार आएको पाइएको छ । कोभिड महामारी पूर्व २०७६ फागुनको तुलनामा २०७७ असारमा ४.१ प्रतिशत मात्र उद्योग/व्यवसायहरु पूर्ण रुपमा सञ्चालनमा रहेकोमा २०७८ बैशाखमा बढेर ८१.२ प्रतिशत पुगेको देखिएको छ । सर्वेक्षणमा सहभागी विद्युत्, ग्याँस तथा पानी र सञ्चार क्षेत्रका शत प्रतिशत उद्योग/व्यवसायहरु पूर्ण रुपमा सञ्चालनमा रहेको देखिएको छ । हालसम्म पनि ४.२ प्रतिशत उद्योग/व्यवसायहरु सञ्चालनमा आउन नसकेको देखिन्छ ।
२०७७ असारको तुलनामा उद्योग/व्यवसायहरुको उत्पादन/कारोबारको अवस्थामा पनि सुधार आएको छ । कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा औसतमा करिब २९ प्रतिशतमात्र उत्पादन/कारोबार रहेकोमा २०७८ बैशाखमा आइपुग्दा यस्तो उत्पादन बढेर औसतमा ६१.४ प्रतिशत पुगेको छ । गत असारको तुलनामा अध्ययनले समेटेका सबै क्षेत्रहरुको उत्पादन/कारोबार बढेको पाइएको छ । तर, होटल तथा रेष्टुरेन्ट भने उत्पादन तथा कारोवारको स्थिति ४०.८ प्रतिशत मात्र पुगेको छ जुन अन्य व्यवसायहरु भन्दा सवैभन्दा कम हो ।
गत २०७७ असारको तुलनामा उद्योग/व्यवसायहरुले प्रदान गर्ने रोजगारीमा सुधार भएको देखिएतापनि कोभिड महामारी अगाडिको अवस्थामा भने अझै पुग्न सकेको छैन । कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा ७७.५ प्रतिशत रोजगारी प्रदान गरेका उद्योग/व्यवसायहरुले २०७८ बैशाखमा ९३.८ प्रतिशत रोजगारी प्रदान गरेको पाइएको छ । मझौला तथा ठूला उद्योग/व्यवसायहरुले प्रदान गरेको रोजगारी दर भने असारको तुलनामा घटेको देखिएको छ । पूर्ण रुपमा सञ्चालनमा रहेपनि मझौला तथा ठूला उद्योग÷व्यवसायहरु आफ्नो पूर्ण क्षमता उपयोग गरी सञ्चालनमा नरहेको कारण यस्ता उद्योगले प्रदान गर्ने रोजगारीको दरमा थप कटौती हुन गएकोअनुमान छ ।
गत २०७७ असारको तुलनामा उद्योग/व्यवसायहरुको औसत तलब—ज्याला खर्चमा वृद्धि भएको पाइएको छ । कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा ६३.४ प्रतिशत रहेको यस्तो खर्च २०७८ बैशाखमा आइपुग्दा ८८.५ प्रतिशत पुगेको देखिएको छ । २०७७ असारको तुलनामा खानी तथा उत्खनन क्षेत्रका उद्योग/व्यवसायहरुको औसत तलब—ज्याला खर्च बढेको पाइएको छ भने विद्युत्, ग्याँस तथा पानी र सञ्चार क्षेत्रका उद्योग/व्यवसायहरुको औसत तलब—ज्याला खर्च कोभिड महामारी अगाडिकै अवस्थामा पुगेको पाइएको छ ।
गत असारको तुलनामा उद्योग/व्यवसायहरुको उत्पादन एवम् कारोबारको अवस्था तथा रोजगारीको अवस्थामा समेत उल्लेख्य सुधार आएको देखिन्छ । यद्यपि अझैपनि कोभिड–१९ पूर्व २०७६ फागुनको अवस्थामा भने उद्योग/व्यवसायहरु पुग्न सकेको देखिँदैन ।
हाल कोभिड–१९ महामारीको दोस्रो लहरसँगै अधिकांश जिल्लाहरुमा २०७८ बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी रहेकोले विस्तारै सुधार हुन लागेको अर्थतन्त्र पुनः प्रभावित हुन जाने देखिएको छ । याेजना आयाेगकाे अनुमानले मात्र २० लाखकाे हाराहारीमा राेजगारी गुमेकाे मुलुकमा ११.७४ प्रतिशत त साेभन्दा अगाडि नै वेराेजगार थिए ।
कोभिड १९ को संक्रमण रोक्दै यथासम्भव रुपमा आर्थिक गतिविधिहरु पनि चलयामान बनाइरहनु पर्ने खाँचो देखिन्छ नत्र न जन न जीविका । पूर्ण मापदण्डमा रहेर उद्याेग र गतिविधि सञ्चालन गरिनुकाे विकल्प देखिँदैन । नत्र अर्काे सालबाटै नेपालमा भाेकमरी देख्न सकिन्छ, मानसिक राेगीकाे संख्या बढ्ने छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस