काेराेनाभाइरसका कारण थप १९३* जनाकाे मृत्यु, निकाे हुने प्रतिशत ७६.३
- गाउँ सहर संवाददाता
- ९ जेठ आइतबार, २०७८ | १६:३७:०० मा प्रकाशित
काठमाडाैँ । नेपालमा काेराेनाभाइरसका कारण थप १९३* जनाले ज्यान गुमाएका छन् ।
यो मृत्यु* नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेका समेत हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुबै विधिबाट १९ हजार ८९६ को परीक्षण गरिएकोमा ७ हजार ९१४ नयाँ संक्रमित थपिएका छन् ।
यसरी थपिनेमा काठमाडाैँ उपत्यकामा मात्रै २ हजार ८२१ नयाँ संक्रमित छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ६६४ जना निको भएका छन् । निको हुने दर ७६.३ प्रतिशत रहेको छ । अहिले देशका क्वारेन्टाइनमा रहनेको संख्या ८७३ रहेको छ ।
मन्त्रालयका अनुसार अहिले देशभरमा १ लाख १५ हजार ५४७ सक्रिय संक्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार होम आइसोलेशनमा रहनेको संख्या १ लाख ८ हजार १९८ र संस्थागत आइसोलेशनमा रहनेको संख्या ७ हजार ३४९ छ ।
पछिल्लो समय कोरोना कहर बढ्दै जाँदा कोरोनाको चेन ब्रेक गर्न धेरै स्थानहरुमा निषेधाज्ञा जारी गरिएको छ ।
पछिल्लो २४ घण्टाको तथ्याँकले पनि २० वर्षदेखि २९, ३० देखि ३९ वर्ष, ४० देखि ४९ र ५० देखि ५९ वर्ष समूहमा सबैभन्दा बढी संक्रमण देखिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस