राष्ट्रपति र प्रधानमन्त्रीलाई गोबर उपहार पठाउन खाेज्ने नेविसंघ नेता पक्राउ
- गाउँ सहर संवाददाता
- ९ जेठ आइतबार, २०७८ | १२:२१:०० मा प्रकाशित
काठमाडौं । प्रतिनिधसभा विघटन प्रतिगामी कदम भन्दै विराेध गरि राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीलाई गोबर उपहार पठाउन खाेज्ने नेपाल विद्यार्थी संघ (नेविसंघ) विद्यार्थी पक्राउ परेका छन् ।
प्रहरीले नेविसंघका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीलाई पक्राउ गरेको हाे ।
राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीलाई गोबर उपहार दिन बानेश्वरमा भेला भएका विद्यार्थी नेता त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो भितामा टाँस्दै मुखमा गोबर लगाइदिएका थिए ।
मध्यरातमा संविधानको चीरहरण गरेको प्रतिगामी कदमविरुद्ध प्रतिकात्मक विरोधस्वरुप राष्ट्रपति र प्रधानमन्त्रीलाई गोबर उपहार पठाउने नेविसंघको कार्यक्रम थियो ।
नेविसंघले त्रिपाठीको रिहाइको जोडदार माग गरेको छ । नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले त्रिपाठीको गिरफ्तारप्रति भत्र्सना गर्दै तत्काल विनाशर्त रिहाइको माग गरेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस