दिगोविकास

माधव नेपाल समूहकाे हस्ताक्षर लिएर प्रधानमन्त्री बन्न दरखास्त हाल्नु देउवाकाे ठूलाे भूल : कांग्रेस नेता घिमिरे

काठामाडाैं । दलीय संसदीय परिपाटीमा विश्वास राख्ने नेपाली कांग्रेसले पार्टी नै नफुटिकन अर्काे पार्टीका सांसदहरूकाे हस्ताक्षरसहित प्रधानमन्त्री पदका लागि दरखास्त हाल्न जानु पार्टी सभापति शेरबाहदुर देउवाकाे ठूलाे राजनीतिक भूल भएकाे कांग्रेसकै नेता लक्ष्मणप्रसाद घिमिरेले बताएका छन् ।

पार्टीकाे यस्ताे निर्दलीय चरित्रलाई प्रसय दिनु आफैँमा पार्टीका लागि कलंक भएकाे धारणा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । 

सभापति शेरबहादुर देउवालाई सम्बाेधन गर्दै लेखेका छन्-" नेकपा एमाले माधव नेपाल समूहका २७ जना सांसदकाे हस्ताक्षरसहित १४९ सांसदहरका हस्ताक्षर लिएर तपाईँ राष्ट्रपति जी कहाँ  प्रम पदका लागि दरखास्त हाल्न जानुभयाे र राष्ट्रपति भण्डारीजीले तपाईँलाई प्रम पदमा मनाेनित गरिदिने अपेक्षा राख्नु भयाे । याे ठूलाे राजनीतिक भूल थियाे । पार्टी नफुटाइकन कसरी तिनीहरूले तपाईँकाे पक्षमा मतदान गर्न सक्थे ? फेरि दलीय संसदीय परिपाटीमा विश्वास राख्ने नेपाली कांग्रेस पार्टीले यस्ताे निर्दलीय चरित्रलाई प्रसय दिनु आफैँमा पार्टीलाई एउटा कलंक पनि हाे ।"

घिमिरे यसैलाई आधार बनाएर आगामी दिनमा अरू दलले पनि कांग्रेसका सांसद प्रयाेग गर्न सक्ने भन्दै ०५० सालमा कांग्रेसका ३६ सांसद अनुपस्थित भएकाे घटना पनि स्मरण गराएका छन् । 

गाउँ सहर संवाददाता

तपाईँको मत