प्रतिनिधि सभा

सभामुख सापकोटाको वक्तव्य, एकजुट हुन अपिल

काठमाडाैँ । सभामुख अग्निप्रसाद सापकोटाले पछिल्लो विकसित राजनीतिक घटनाक्रम, मूलतः हिजो मध्यरातमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

वक्तव्यमा उनले भनेका छन्, "यो कदम २०७७ पुस ५ को प्रतिनिधि सभा विघटन विरुद्ध ६७ दिनसम्म गरिएको संवैधानिक, कानुनी र राजनैतिक संघर्षको भावना एवं सर्वोच्च अदालतको संवैधानिक इजलासको २०७७ फागुन ११ गतेको फैसलाको विपरीत देखिन्छ ।" 

 

गाउँ सहर संवाददाता

तपाईँको मत