गाउँ सहर

गगन थापाकाे प्रश्न : सम्मानित राष्ट्रपतिलाई तपाईं हुँदै तिमीमा कसले झार्‍यो कमरेड ?

काठमाडाैं ।  नेपाली कांग्रेसका नेता गगन कुमार थापाले सम्मान दर्जाले नभइ कामले आर्जन गर्ने भन्दै राष्ट्रपतिलाई तपाईं हुँदै तिमीमा आफ्नै कर्म र प्रवृत्तिले ओरालेकाे बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई तिमी, उनी भनी सम्बोधन गरेको भन्दै रोष प्रकट गरेका थिए ।

ओलीले भनेका थिए, ‘प्रमुख प्रतिपक्षी दलका नेताको औपचारिक वक्तव्य हेरेँ, राष्ट्रपतिलाई तपाईंसम्म भन्ने शब्द रहेन ।’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई तिमी, उनी भनी सम्बोधन गरेकोमा उनले रोष प्रकट गर्दै उनले थपे,‘ आज जनताका छोराछोरी सम्मानित पदमा पुगेका छन्, तिनलाई सम्मानसम्म गर्न सकेको छैन, असभ्य तरिकाले बोल्नु बहादुरी ठान्छन् ।’

त्यसकाे प्रतिउत्तरमा थापाले भनेका छन्- "राष्ट्रपतिलाई तिमी भनेकाेमा खड्ग ओलीला चित्त दुखेछ, बिचरा  गणतन्त्रमा सम्मान दर्जाले हाेइन कामले आर्जन गर्ने हाे कमरेड सम्मानित राष्ट्रपतिबाट तपाईं हुँदै तिमीमा कसले ओरालेकाे ? आफ्नै कर्म र प्रवृत्तिले विद्या भण्डारीलाई सम्मानकाे शिखरमा अडिन नसकेर ओरालेकाे हाे ।"

 

गाउँ सहर संवाददाता

तपाईँको मत