राजनीति

गैरसंवैधानिक र अलोकतान्त्रिक गतिविधिबिरूद्ध लोकतन्त्रवादी शक्ति एकजुट हुन देउवाकाे आह्वान (विज्ञप्तिसहित)

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले मिलेमताेमा प्रतिनिधिसभा भंग गरेकाे भन्दै गैरसंवैधानिक र अलोकतान्त्रिक गतिविधिबिरूद्ध लोकतन्त्रवादी शक्ति एकजुट हुन देउवाकाे आह्वान गरेका छन् ।

शनिवार प्रेस विज्ञप्ति जारी गर्दै देउवाले नेपाली जनताको आस्थाको केन्द्र संविधान जस्तो सार्वजनिक दस्तावेजलाई निजी सम्पत्तिका रुपमा आफू अनुकूल प्रयोग गरिरहेको गम्भीर आरोप लगाएका छन् ।  शनिबार देउवाले एक विज्ञप्ति जारी गर्दै नेपाली जनता सुतेको बेला मध्यराति प्रतिनिधि सभाको हत्या गर्ने काम भएको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको चर्को आलोचना गरेका छन् । 

‘यो सरकार गठनपछि निरन्तर रुपले गैर संवैधानिक र अलोकतान्त्रिक गतिविधि गर्दै लोकतान्त्रिक मूल्य, मान्यताको अवमूल्यन, विधि र पद्धतिको वेवास्ता र संसदीय पद्धतिको खिल्ली उडाउने काम भएको छ’, देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति र प्रधानमन्त्रीले नेपाली जनताको आस्थाको केन्द्र संविधान जस्तो सार्वजनिक दस्तावेजलाई निजी सम्पत्तिका रुपमा आफू अनुकूल प्रयोग गरिरहेका छन् ।’ 

गाउँ सहर संवाददाता

तपाईँको मत