राजनीति

प्रतिनिधिसभा विघटन विरुद्ध अदालत जाने विपक्षीहरूकाे एउटै स्वर (विज्ञप्तिसहित)

काठमाडौं । विपक्षी दलहरू संसद विघटनविरुद्ध अदालत जाने भएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका पाँच राजनीतिक दलका सांसदहरु प्रतिनिधि सभा विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध अदालत जाने भएका छन् । 

प्रधानमन्त्रीका लागि बहुमत संसदसहित दाबी गर्दैगर्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर राष्ट्रपतिले असंवैधानिक रुपमा संसद विघटन गरेको विपक्षी गठबन्धनको ठहर छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको (माधव नेपाल समूह), जनता समाजवादी पार्टी (उपेन्द्र-बाबुराम समूह)  र राष्ट्रिय जनमोर्चाका नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रपतिले शुक्रबार राति चालेको कदम असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगामी र अनैतिक भएको निष्कर्ष निकाल्दै प्रतिरोधका लागि आह्वान गरेको छन् ।

विज्ञप्तिमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल 'प्रचण्ड', माधवकुमार नेपाल, उपेन्द्र यादव र दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सडकबाट पनि त्यसको प्रतिरोध हुने र सर्वोच्च अदालतमा पनि रिट दिने बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत