गाउँ सहर

निरंकुश र प्रतिगामीबिरूद्ध एक हुन नेविसंघकाे आव्हान

काठमाडाैं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रतिनसभा विघटनलाई निरंकुश र प्रतिगामीकाे संज्ञा दिँदै यस बिरूद्ध एक हुन आव्हान गरेकाे छ । काेराेनाको महामारीको आतंक फैलिरहेको विषम परिस्थतिमा सरकार जनताप्रति उत्तरदायी हुनुपर्नेमा रातारात प्रतिनिधि सभा विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिगामी कदम अलोकतान्त्रिक, असंवैधानिक र अनैतिक रहेकाे ठहर गरेकाे छ ।

महामन्त्री बलदेव तिमल्सिनाले प्रधानमन्त्री जारी गरेका विज्ञप्तिमा भनिएकाे छ- "प्रधानमन्त्री ओलीको मतियार बन्दै राष्ट्रपतिले आफ्नो विवेक गुमाएपछि फेरि देश र हाम्रो लामो बलिदान तथा संघर्षबाट प्राप्त उपलब्धि बर्वादीतर्फ धकेलिएको छ । मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर ओली रबैयाको रबर स्ट्याम्प बनेकी राष्ट्रपति भण्डारीले फेरिपनि राष्ट्रपति पद र प्रतिष्ठाको मजाक उडाएकी छन् ।" 

फेरि एकपटक प्रतिगमनका बिरुद्ध शसक्त संघर्ष गर्नेपर्ने अवस्था शृजना भएको महामन्त्री तिमल्सिनाले जनाएका छन् ।

"हाम्रो पुस्ताले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण र संबर्धनसँगै  जनताको जीवन रक्षाको निम्ति फेरि एकपटक संगठित हुन म सम्पूर्ण युवा विद्यार्थी साथीहरू र सबै लोकतन्त्रवादीहरुमा हार्दिक अपिल गर्न चाहन्छु । बेमौसमी चुनावको बखेडा ल्याएर संविधान मास्ने र  संघीय लोकतान्त्रिक गणतन्त्रको हत्या गर्ने  प्रपन्चमा लागेका ओलीको मतियार बनेर दासत्व स्वीकार्ने मन्त्रिपरिषद र राष्ट्रपति इतिहासकै सबैभन्दा विवेकहीन र नालायक हुन् । संविधानको अपहरण गर्दै लोकतन्त्रको हत्या गर्ने निरंकुश र प्रतिगामी तानाशाहरुलाई हामीले बिगतमा झैँ निश्चय नै पराजित गर्ने नै छौँ " विज्ञप्तिमा भनिएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत